कोरोनाको संक्रमण नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसको माग « Khabarhub

कोरोनाको संक्रमण नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसको माग


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेकाले रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ ।

कांग्रेस केन्द्रीय संगठन विभागले सरकारले रोकथाम र नियन्त्रणमा आवश्यक कदम चाल्नाको साटो विद्यमान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरेको, सत्तामा केन्द्रित रहेको तथा मूल्यवृद्धि र कालोबजारी गर्ने कार्यलाई रोक्न नसकेको आरोप लगाएको छ ।

विभाग प्रमुख गोपालमान श्रेष्ठले आज विज्ञप्तिमार्फत भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य कक्ष स्थापना गरी सबैको कोरोनाको परीक्षण गर्न, संक्रमण देखिएकालाई आइसोलेशनमा राखी उचित व्यवस्थापन गर्न र सबै स्थानीय तहसँगको समन्वयमा कन्टयाक ट्रेसिङलाई निरन्तरता दिन माग गरेको छ ।

स्थानीय र प्रदेश तहसँगको समन्वयमा सबै स्थानीय तहमा आवश्यक आधारभूत संरचना, अस्पताल शय्या, सघन उपचार कक्ष शय्या, आइसोलेशन केन्द्र, क्वारेन्टिन र होर्डिङ सेन्टरको व्यवस्थापन, सञ्चालन र अनुगमन गर्न विभागको सुझाव छ ।

साथै केन्द्र र प्रदेशमा रहेका ठूला अस्पताल, मेडिकल कलेजलाई कोभिड–१९ र साना अस्पताललाई ननकोभिड–१९ अस्पतालका रुपमा विकसित गरी आवश्यक उपचार र जीवनरक्षक औषधिको प्रबन्ध गर्न माग गरिएको छ ।

कांग्रेस नेता श्रेष्ठले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन यथाशीघ्र संघ, प्रदेश र स्थानीय तहका समन्वयमा आवश्यक चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई करारमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।

महामारीको कठिन घडीमा अग्रपंक्तिमा रहेर संक्रमितको उपचार र व्यवस्थापनमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलगायत सबैलाई बीमा तथा जोखिम भत्ताको व्यवस्था तत्काल गर्न माग गरिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  २ : ३५ बजे

प्रधानमन्त्री शाहले निर्माण व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान,

कालीकोटमा कालाजारका बिरामी भेटिए

कालीकोट– हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी फेला

हर्क साम्पाङ सामाजिक सञ्जालमा किन बिर्सन्छन् हैसियत ?

सामाजिक सञ्जालमा एउटा भनाइ निकै चर्चित छ- ‘पहिले पोस्ट गर,

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम