कोरोनाको संक्रमण नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसको माग | Khabarhub Khabarhub

कोरोनाको संक्रमण नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसको माग


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेकाले रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ ।

कांग्रेस केन्द्रीय संगठन विभागले सरकारले रोकथाम र नियन्त्रणमा आवश्यक कदम चाल्नाको साटो विद्यमान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरेको, सत्तामा केन्द्रित रहेको तथा मूल्यवृद्धि र कालोबजारी गर्ने कार्यलाई रोक्न नसकेको आरोप लगाएको छ ।

विभाग प्रमुख गोपालमान श्रेष्ठले आज विज्ञप्तिमार्फत भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य कक्ष स्थापना गरी सबैको कोरोनाको परीक्षण गर्न, संक्रमण देखिएकालाई आइसोलेशनमा राखी उचित व्यवस्थापन गर्न र सबै स्थानीय तहसँगको समन्वयमा कन्टयाक ट्रेसिङलाई निरन्तरता दिन माग गरेको छ ।

स्थानीय र प्रदेश तहसँगको समन्वयमा सबै स्थानीय तहमा आवश्यक आधारभूत संरचना, अस्पताल शय्या, सघन उपचार कक्ष शय्या, आइसोलेशन केन्द्र, क्वारेन्टिन र होर्डिङ सेन्टरको व्यवस्थापन, सञ्चालन र अनुगमन गर्न विभागको सुझाव छ ।

साथै केन्द्र र प्रदेशमा रहेका ठूला अस्पताल, मेडिकल कलेजलाई कोभिड–१९ र साना अस्पताललाई ननकोभिड–१९ अस्पतालका रुपमा विकसित गरी आवश्यक उपचार र जीवनरक्षक औषधिको प्रबन्ध गर्न माग गरिएको छ ।

कांग्रेस नेता श्रेष्ठले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन यथाशीघ्र संघ, प्रदेश र स्थानीय तहका समन्वयमा आवश्यक चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई करारमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।

महामारीको कठिन घडीमा अग्रपंक्तिमा रहेर संक्रमितको उपचार र व्यवस्थापनमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलगायत सबैलाई बीमा तथा जोखिम भत्ताको व्यवस्था तत्काल गर्न माग गरिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  २ : ३५ बजे

२३.९४ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब माथि 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर बुल ट्रेन्डमा रहेको छ

नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी

मान्म– कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–९, मुम्राका ४६ वर्षीय वसन्त लुवार

कैलाश सिरोहियाले भने : सत्ता र शक्तिको दुरुपयोग भयो, अनुसन्धानमा सघाउँछु

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहियाले जिम्मेवार नागरिकका रुपमा

आगामी बजेटमा हस्तकला क्षेत्रको माग – भ्याट छुट, सहुलियत कार्यक्रम लागू (भिडियो)

काठमाडौं – नेपालको वैदेशिक व्यापारमा महत्वपूर्ण स्थान ओगट्दै आएको हस्तकला

दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित

दोलखा– दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाइँ स्मृति अस्पतालमा सञ्चालन