मुख्यमन्त्री पौडेलद्वारा आइशोलेसन संख्या वृद्धि गर्न आग्रह « Khabarhub

मुख्यमन्त्री पौडेलद्वारा आइशोलेसन संख्या वृद्धि गर्न आग्रह


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका ११९ स्थानीय तहका पायक पर्ने विभिन्न स्थानमा आइशोलेसन कक्षको सङ्ख्या वृद्धि गर्न आग्रह गरेका छन् ।

कोभिड–१९ सङ्क्रमितका बिरामी बढ्दै गएको अवस्थालाई ध्यान दिइ उनले सो आग्रह गरेका हुन् । प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी , जिल्ला समन्वय समितिका प्रमुख र महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुखहरुसँग आज टेलिफोन सम्वादमा मुख्यमन्त्री पौडेलले प्रदेशका ११९ स्थानीय तहका पायक पर्ने विभिन्न स्थानमा आइशोलेसन कक्षको सङ्ख्या वृद्धि गर्न आह्वान गरेका हुन् ।

स्थानीय तहका प्रत्येक वडावडामा टोल विकास संस्थामार्फत कोरोना सङक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्ने प्रयासको लागि प्रत्यक घरदैलोमा जनचेतना अभियान कार्यक्रम सञ्चालन गर्न उनले जोड समेत दिए ।

उनले प्रदेश सरकारले १३ जिल्ला अस्पताल तथा कोभिड अस्पताललाई आवश्यकीय अक्सिजन, आइसियू कक्ष, भेन्टिलेटर, चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रदेशको सामाजिक विकास मन्त्रालयले स्रोतसाधन र चिकित्सकको उपलब्धगराइसकिएको उल्लेख गरे ।

यसैबीच प्रदेशको काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे र नुवाकोटको विभिन्न स्थानीय तहका टोलमा आइशोलेसन कक्षको स्थापना गरिएको छ । सरकारले ती कक्षहरुलाई आवश्यक अक्सिजन, चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराइएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रमेश अधिकारीले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ५ : ०५ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ