मुख्यमन्त्री पौडेलद्वारा आइशोलेसन संख्या वृद्धि गर्न आग्रह « Khabarhub

मुख्यमन्त्री पौडेलद्वारा आइशोलेसन संख्या वृद्धि गर्न आग्रह


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका ११९ स्थानीय तहका पायक पर्ने विभिन्न स्थानमा आइशोलेसन कक्षको सङ्ख्या वृद्धि गर्न आग्रह गरेका छन् ।

कोभिड–१९ सङ्क्रमितका बिरामी बढ्दै गएको अवस्थालाई ध्यान दिइ उनले सो आग्रह गरेका हुन् । प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी , जिल्ला समन्वय समितिका प्रमुख र महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुखहरुसँग आज टेलिफोन सम्वादमा मुख्यमन्त्री पौडेलले प्रदेशका ११९ स्थानीय तहका पायक पर्ने विभिन्न स्थानमा आइशोलेसन कक्षको सङ्ख्या वृद्धि गर्न आह्वान गरेका हुन् ।

स्थानीय तहका प्रत्येक वडावडामा टोल विकास संस्थामार्फत कोरोना सङक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्ने प्रयासको लागि प्रत्यक घरदैलोमा जनचेतना अभियान कार्यक्रम सञ्चालन गर्न उनले जोड समेत दिए ।

उनले प्रदेश सरकारले १३ जिल्ला अस्पताल तथा कोभिड अस्पताललाई आवश्यकीय अक्सिजन, आइसियू कक्ष, भेन्टिलेटर, चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रदेशको सामाजिक विकास मन्त्रालयले स्रोतसाधन र चिकित्सकको उपलब्धगराइसकिएको उल्लेख गरे ।

यसैबीच प्रदेशको काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे र नुवाकोटको विभिन्न स्थानीय तहका टोलमा आइशोलेसन कक्षको स्थापना गरिएको छ । सरकारले ती कक्षहरुलाई आवश्यक अक्सिजन, चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराइएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रमेश अधिकारीले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ५ : ०५ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज