बढी शुल्क लिने अस्पताललाई कारवाही हुन्छ : उपप्रधानमन्त्री पोखरेल « Khabarhub

बढी शुल्क लिने अस्पताललाई कारवाही हुन्छ : उपप्रधानमन्त्री पोखरेल


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही हुने बताएका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पताल कारवाही भागीदार हुने स्पष्ट पारेका हुन् ।

“निजी अस्पतालमा सरकारले तोकेको दस्तुरअनुसार नै उपचार हुनुपर्छ, त्योभन्दा फरक भएको भन्ने सूचना पाएका छौंँ”, उपप्रधानमन्त्री पोखरेलले भने, “काठमाडौँका विभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंँले चेतावनी दिइसकेको छ, यदि त्यस्तो भेटिए कारवाही हुन्छ ।”

सरकारी अस्पतालमा सबै कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था गरिएको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १० : ५९ बजे

लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग  छलफल

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले