ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा « Khabarhub

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरूप परिवर्तन गरिएका १९ मोटरसाइकल नियन्त्रणमा लिइएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार आइतबार राति करिब १० बजेदेखि सञ्चालन गरिएको विशेष अभियानमा ठूलो आवाज निकाल्ने, जोखिमपूर्ण तवरले सवारी चलाउने तथा सार्वजनिक शान्ति भङ्ग गर्ने ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । 

प्रहरीका विभिन्न युनिटबाट खटिएको टोलीले रुपन्देहीका विभिन्न स्थानमा जाँच गरी ती सवारी साधन नियन्त्रणमा लिइएको जनाएको छ ।

‘सार्वजनिक सडकलाई सुरक्षित, व्यवस्थित र शान्त बनाउन यस्तो अभियानलाई निरन्तरता दिइनेछ’, सूचना अधिकारी चन्दले भने, ‘नियन्त्रणमा लिइएका सवारी चालकमाथि सवारी तथा यातायात व्यवस्था ऐनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।’

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ७ : २९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको