‘तस्वीर’ लिएर आइन् तारा « Khabarhub

‘तस्वीर’ लिएर आइन् तारा


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गीतकार तारा अधिकारीले आफ्नो तेस्रो एलबम ‘तस्वीर’ लिएर आएकी छन् । यसअघि उनको ‘सपना’ र ‘सुनौलो तारा’ बजारमा आइसकेको छ ।

एलबम ‘तस्वीर’मा ‘गुलेलीमा’, ‘पराईको सिन्दुर’, ‘पछ्यौरी’ र ‘लाली ओठैमा’ गीत समावेश छन् । ‘गुलेली’मा किरण भुजेल र मेलिना राईको स्वर, दीपक शर्माको संगीत र साहस शाक्यको संगीत संयोजन, ‘पराईको सिन्दुर’मा नरेन्द्र प्यासीको स्वर र संगीत तथा विनोद भुजेलको संगीत संयोजन छ ।

त्यस्तै ‘पछ्यौरी’मा बुद्ध लामा र बेनिशा पौडेलको स्वर, दीपक शर्माको संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन तथा ‘लाली ओठैमा’मा स्वरुपराज आचार्य र रचना रिमालको स्वर तथा राजनराज सिवाकोटीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।

कोरोना महामारीका बीचमा उनले तेस्रो एल्बम आमाबुबा गौरी अधिकारी र खिला शर्मा अधिकारीको हातबाट सुनौलो तारा युट्युब च्यानलमार्फत सार्वजनिक गरिन् ।

एल्बममा समावेश सबै गीतको म्युजिक भिडियो सुनौलो तारा युट्युब च्यानलमा छ । ‘गुलेलीमा’, ‘पछ्यौरी’ र ‘पराईको सिन्दुर’ गीतको भिडियोमा शान थापाको निर्देशन तथा ‘लाली ओठैमा’ भिडियोमा रमेश थापाको निर्देशनमा छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ७ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै