बाढीले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध « Khabarhub

बाढीले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– केही दिनदेखि लगातार जिल्लाका विभिन्न क्षेत्रमा परेको अविरल वर्षासँगैको असिनापानीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ ।

बूढीगंगा नगरपालिका २ स्थित ताप्रीसेरा घट्टे खोलामा आएको बाढीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको हो ।

निरन्तरको वर्षातले विभिन्न स्थानमा ठूलो मात्रामा क्षति पुगेको छ । बूढीगंगा नगरपालिकाको घट्टे खोलामा आएको बाढीले सडक भत्काएपछि साँफे–मार्तडी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

बाढीले स्थानीयवासीको २५ रोपनीमा लगाइएको गहुँबाली समेतलाई बगरमा परिणत गरिदिएको छ । एकातिर कोरोना भाइरसले गर्दा संकट उत्पन्न भएको छ भने त्यसैमा पनि बाढीले पाक्नै लागेको गहुँसहित जमीन बगरमा परिणत गरपछि भोकमरीको चिन्ताले पिरलो पारेको स्थानीयवासी वसन्त थापाले दुखेसो पोखेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ८ : ०२ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि