बाढीले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध « Khabarhub

बाढीले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– केही दिनदेखि लगातार जिल्लाका विभिन्न क्षेत्रमा परेको अविरल वर्षासँगैको असिनापानीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ ।

बूढीगंगा नगरपालिका २ स्थित ताप्रीसेरा घट्टे खोलामा आएको बाढीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको हो ।

निरन्तरको वर्षातले विभिन्न स्थानमा ठूलो मात्रामा क्षति पुगेको छ । बूढीगंगा नगरपालिकाको घट्टे खोलामा आएको बाढीले सडक भत्काएपछि साँफे–मार्तडी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

बाढीले स्थानीयवासीको २५ रोपनीमा लगाइएको गहुँबाली समेतलाई बगरमा परिणत गरिदिएको छ । एकातिर कोरोना भाइरसले गर्दा संकट उत्पन्न भएको छ भने त्यसैमा पनि बाढीले पाक्नै लागेको गहुँसहित जमीन बगरमा परिणत गरपछि भोकमरीको चिन्ताले पिरलो पारेको स्थानीयवासी वसन्त थापाले दुखेसो पोखेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ८ : ०२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।