गौतबुद्धको एक प्रेरक प्रसङ्ग « Khabarhub

गौतबुद्धको एक प्रेरक प्रसङ्ग


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महाकश्यप बुद्धका प्रिय शिष्य थिए । उनको त्याग भावना तथा ज्ञानबाट सन्तुष्ट भएर बुद्धले भने- महाकश्यप, तिमी आत्मज्ञानबाट पूर्ण दीक्षित भइसक्यौँ । तिमीसँग ममा भएको सबै चिज छ । त्यसैले अब यहाँबाट गएर ठाउँठाउँमा सत्सन्देश प्रचारप्रसार गर ।

बुद्धको कुरा सुनेर महाकश्यप निराश भए । उनले भने- गुरुदेव, यदि आत्मज्ञान प्राप्त हुने बित्तिकै मलाई तपाईंबाट टाढा हुनुपर्ने छ भन्ने कुरा पहिला नै थाहा भएको भए म यसलाई पाउने झञ्झटमै पर्दैन थिएँ । मलाई तपाईंसँगै बस्नु छ । तपाईंको चरणस्पर्श गर्न पाउनुमा प्राप्त हुने आनन्दबाट म कदापि वञ्चित हुन चाहन्नँ । म आफ्नो आत्मज्ञानलाई बिर्सन चाहन्छु ।

बुद्धले आफ्ना ती अनौठा शिष्यलाई अँगालो हाल्दै सम्झाए— तिमी ज्ञान बाँड्ने समयमा जहाँ पनि हुन्छौ मलाई आफूसँगै पाउनेछौ । मेरो हात सधैँ तिम्रो शिरमा रहनेछ ।

महाकश्यप बुद्धलाई प्रणाम गरेर ज्ञान बाँड्ने अभियानमा अगाडि बढे ।

साभार  : महान् व्यक्तिका प्रेरक प्रसङ्हरु पुस्तकबाट

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ५ : ४५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु