गौतबुद्धको एक प्रेरक प्रसङ्ग « Khabarhub

गौतबुद्धको एक प्रेरक प्रसङ्ग


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महाकश्यप बुद्धका प्रिय शिष्य थिए । उनको त्याग भावना तथा ज्ञानबाट सन्तुष्ट भएर बुद्धले भने- महाकश्यप, तिमी आत्मज्ञानबाट पूर्ण दीक्षित भइसक्यौँ । तिमीसँग ममा भएको सबै चिज छ । त्यसैले अब यहाँबाट गएर ठाउँठाउँमा सत्सन्देश प्रचारप्रसार गर ।

बुद्धको कुरा सुनेर महाकश्यप निराश भए । उनले भने- गुरुदेव, यदि आत्मज्ञान प्राप्त हुने बित्तिकै मलाई तपाईंबाट टाढा हुनुपर्ने छ भन्ने कुरा पहिला नै थाहा भएको भए म यसलाई पाउने झञ्झटमै पर्दैन थिएँ । मलाई तपाईंसँगै बस्नु छ । तपाईंको चरणस्पर्श गर्न पाउनुमा प्राप्त हुने आनन्दबाट म कदापि वञ्चित हुन चाहन्नँ । म आफ्नो आत्मज्ञानलाई बिर्सन चाहन्छु ।

बुद्धले आफ्ना ती अनौठा शिष्यलाई अँगालो हाल्दै सम्झाए— तिमी ज्ञान बाँड्ने समयमा जहाँ पनि हुन्छौ मलाई आफूसँगै पाउनेछौ । मेरो हात सधैँ तिम्रो शिरमा रहनेछ ।

महाकश्यप बुद्धलाई प्रणाम गरेर ज्ञान बाँड्ने अभियानमा अगाडि बढे ।

साभार  : महान् व्यक्तिका प्रेरक प्रसङ्हरु पुस्तकबाट

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ५ : ४५ बजे

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित