लागुऔषधसहित एक भारतीय र चार नेपाली पक्राउ « Khabarhub

लागुऔषधसहित एक भारतीय र चार नेपाली पक्राउ


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार पाँच जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाअनुसार प्रहरीले दोधारा चाँदनी नगरपालिका–१ पक्की पुलस्थित भारतको उत्तराखण्ड राज्यको जिल्ला चम्फावत ग्राम भजनपुर बस्ने २१ वर्षीय अमन चन्दलाई ११ दशमलव ८७ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

चन्दले चढेको भारतीय युके०६एइ९७५८ नंको मोटरसाइकलसमेत बरामद गरेको छ ।

यसैगरी दोधारा चाँदनी नगरपालिका–६ बस्ने १८ वर्षीय आदीप मगर र सोही ठाउँ बस्ने १८ वर्षीय सार्थक शर्मालाई ६० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । दुवै जनाले प्रयोग गरेको सुप प्रदेश०२००३प ३८०० नंको मोटरसाइकलसमेत बरामद गरिएको छ ।

पुनर्वास नगरपालिका–६ ‘ङ’ गाउँ बस्ने २३ वर्षीय मनोज सुनार र कैलालीको गोदावरी नगरपालिका–४ बस्ने २३ वर्षीय तेज विकलाई लागुऔषध नेट्राभेट ३४ ट्याबलेट र स्पामोबोकाप्लस १८ ट्याबलेटसहित सीमा क्षेत्रबाट पक्राउ गरिएको छ ।

उनीहरू लागुऔषध कारोबारी र प्रयोगकर्ता दुबै हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ९ : १० बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि