कुकुरले सुँघेरै कोरोना संक्रमण पत्ता लगाउन सक्ने | Khabarhub Khabarhub

कुकुरले सुँघेरै कोरोना संक्रमण पत्ता लगाउन सक्ने


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एक अध्ययनले खास नश्लको एक कुकुरले सुँघेरै कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन सक्ने  पुष्टि भएको छ ।

ल्याब्रडोर जातको तालिमप्राप्त कुकुरले सुँघेरै कोरोना भए नभएको पत्ता लाग्ने दाबी गरिएको छ । जुन पिसिआर वा एन्टिजेनको माध्यमबाट गरिएको परीक्षणभन्दा प्रभावकारी पाइएको जनाइएको छ ।

अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ मा उल्लेख भएअनुसार विभिन्न देशको प्रारम्भिक अध्ययनबाट कुकुरले सुँघेर कोरोना संक्रमण पत्ता लगाउने निष्कर्ष निस्किएको हो ।

कुकुरले सुँघेर परीक्षण गरिने विधिलाई प्रभावकारी मान्दै अमेरिका, फ्रान्स, बेलायत, चिली, अस्ट्रेलिया, बेल्जियम, जर्मनी, थाइल्यान्ड लगायत थुप्रै देशमा कुकुरबाट कोरोना परीक्षण गराउन थालिएको छ ।

यसले सार्वजनिक यातायात, रंगशालालगायत बढी भीडभाड हुने सार्वजनिक स्थलहरूमा कोरोना संक्रमित पहिचान गर्न सजिलो हुने समाचारमा उल्लेख गरिएको छ ।

थाइल्यान्डको बैंककस्थित छुलालोङकोर्न विश्वविद्यालयको भेटेरिनरी विभागले ६ वटा कुकुरबाट कोरोना परीक्षण गराएकोमा त्यसको नतिजा विमानस्थल तथा अन्य सार्वजनिक ठाउँमा गरिँदै आएको एन्टिजेन परीक्षणभन्दा राम्रो रहेको बताइएको छ ।

संक्रमित व्यक्तिको काखी वा उसले लगाएको मोजाको पसिनाले थोरै कपास भिजाइन्छ । त्यसपछि त्यो कपास डल्लो पारेर कुकुरलाई सुँघाइन्छ । कोरोना लागेका व्यक्तिको जीउको विशेष गन्ध कुकुरले चाल पाउँछ । त्यही गन्ध पछ्याउँदै अरू संक्रमित पत्ता लगाउन सक्छ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ९ : ४० बजे

हेटौँडा उपमहानगर : एकै महिनामा तीन करोड ५० लाख राजस्व

बागमती– हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु तीन

ब्राजिलका लागि नेपाली राजदूत काफ्लेले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं– ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेले शुक्रबार (आज) पेरुका

धितोपत्र बोर्डको सदस्यमा सीए शर्मा नियुक्त 

काठमाडौं– नेपाल धितोपत्र बोर्डको बोर्ड सदस्यका रुपमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरका लागि तोकियो बुक क्लोज मिति

काठमाडौं–नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज

भारतीय फाइनान्सको नाममा रहेको नबिल बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं–भारतीय फाइनान्सको नाममा रहेको नबिल बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा