राउटे युवतीलाई होटलमा मदिरा खुवाएर यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक « Khabarhub

राउटे युवतीलाई होटलमा मदिरा खुवाएर यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोपोन्मुख राउटे समुदायका युवतीलाइ होटलमा मदिरा खुवाएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित एक होटल संञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षका दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल संञ्चालक बिनोद पुन रहेका छन् । दुई युवकले मादक पदार्थ सेवन गराई होटलमा लगेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार यूवतीलाई मदिरा सेवन गराई भिडियो बनाएको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो । डीएसपी घर्तीले भने, ‘राउटे युवतीहरूमाथि होटलको कोठामा दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएपछि हामीले तत्कालै होटल सञ्चालक र दुर्व्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ । अनुसन्धान पछि थप तथ्य बाहिर आउँछ ।’

होटल सञ्चालकसहित तीनजना युवाले राउटे समुदायकी दुईजना युवतीलाई लिएर आफू अर्धनग्न भएर भिडियो बनाएको देखिएको डीएसपी घर्तीले बताए ।

के छ भिडियोमा ?
आइतबार बिहानै सामाजिक सञ्जालमा राउटे युवतीहरूलाई एउटा कोठामा दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियोमा युवक अर्धनग्न अवस्थामा देखिन्छन् । भिडियोमा राउटे युवतीहरूले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भनेर बोलेको आवाज पनि सुनिन्छ ।

ती युवाहरूले भने जबर्जस्ती भिडियोमा युवतीलाई बोल्न लगाएको जस्तो देखिन्छ । यतिमात्रै होइन एकजना व्यक्तिले बलजफ्ती रुपमा चुम्बनसमेत गरेको भिडियोमा देख्न सकिन्छ । पहिचान नखुलेका अधवैशे युवाले निर्वस्त्र भएर होटलमा मादक पदार्थ सेवन गरेकै तालमा राउटे युवतीलाई श्रीमती भन्दै अस्वभाविक गतिविधि गरेको भिडियोमा देखिन्छ । उनीहरूलाई सामूहिक रुपमा दुई पुरुषले मेरो गलफेन्ड, मेरो बुढी भन्दै यौन दुर्व्यवहार गरिरहेका छन् ।

यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं. ११ आँपसोती जनैघाटस्थित भेरी नदीमा बसाई सरेका छन् । अहिले राउटे समुदायमा पुगेका युवाहरूले टिकटक, भिडियो बनाउने भन्दै प्रलोभनमा पारेर राउटे युवतीहरू टाढा टाढा जंगल–होटलमा पु¥याएर दुर्व्यवहार गर्ने गरेको स्थानीयको आरोप छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १ : ४२ बजे

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी

अल्जेरियाविरुद्ध अर्जेन्टिना २-० ले अघि, दोस्रो गोलसँगै मेसी कीर्तिमानको नजिक

काठमाडौँ — कप्तान लियोनेल मेसीको व्यक्तिगत दोस्रो गोलको मद्दतले विश्वविजेता