पुनर्गठित संवैधानिक इजलास पनि विवादमा, न्यायाधीश कार्की र भट्टराई बस्न नमिल्ने सरकार पक्षको जिकिर | Khabarhub Khabarhub

पुनर्गठित संवैधानिक इजलास पनि विवादमा, न्यायाधीश कार्की र भट्टराई बस्न नमिल्ने सरकार पक्षको जिकिर


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि पुनर्गठित संवैधानिक इजलास फेरि विवादमा परेको छ ।

पुनर्गठित इजलासमा परेका दुई न्यायाधीश दीपक कार्की र आनन्दमोहन भट्टराईमाथि महान्यायाधिवक्ता रमेश बडालका साथै सरकार पक्षका वकिलले असहमति जनाएका छन् ।

यसअघिको इजलासमा रहेका तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विपक्षमा राय दिएका न्यायाधीशद्वय कार्की र भट्टराई पुनर्गठित इजलासमा दोहोरिएपछि विवाद उठेको हो ।

इजलासमा सुनुवाइ शुरू भएलगत्तै महान्यायाधिवक्ता बडालले अघिल्लो इजलासमा भएका दुई न्यायाधीशलाई किन हटाइयो र आफैँ छाडेका दुई जनालाई किन फेरि राखियो ? भन्दै प्रश्न उठाएका छन् ।

विगतमा हरिकृष्ण कार्कीले केपी ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेको र संवैधानिक इजलासमा अरु पनि न्यायाधीश रहेकोले अलग भएको घोषणा गरेको दृष्टान्त पेस गर्दै बडालले इजलास समक्ष गम्भीर प्रश्न उठेको बताए ।

उनले भने, ‘प्रधानन्यायाधीशले हस्ताक्षर नगरी २ जनाले मात्रै हस्ताक्षर गरेको कागजको कानूनी हैसियत के हो ? अस्तिका २ न्यायाधीशको कागजलाई हाम्रो संवैधानिक प्रक्रियाले चिन्दैन । कसैले प्रश्न उठाउँदैमा इजलास छाड्नुपर्ने हो ? अमुक वकिलले प्रश्न उठाए इजलास फेरिने नत्र नफेरिने भन्ने हो र श्रीमान ?’

महान्यायाधिवक्ता बडाललगत्तै बहसमा उत्रिएका वरिष्ठ अधिवक्ता सुशील पन्तले पुनर्गठित इजलासमा कार्की र भट्टराई बस्न नमिल्ने जिकिर गरे । उनले केसी र श्रेष्ठको विपक्षमा राय दिएका न्यायाधीशद्वय कार्की र भट्टराई बस्न नमिल्ने जिकिर गरेका हुन् ।

‘दुईजना न्यायाधीशले अस्तिको (नेकपा सम्बन्धी) मुद्दाको उपउत्पादन यो मुद्दा हो भन्नुभएको छ । यसको सोर्स अफ नलेज के हो ?’ उनले भने, ‘न्यायाधीशलाई लाग्यो भनेर भएन इजलासलाई प्रष्ट पार्नुपर्‍यो, जनतालाई भन्नुपर्‍यो । उपउत्पादन हो भने कसरी हो ?’

‘यो मुद्दा र त्यो मुद्दाको विपक्षी नै अलग छ । अर्को कुरा एउटा न्यायाधीशले आफूले हेर्छु हेँर्दिन भन्न पाउँछ तर फलानोले हेर्छ भने म हेँर्दिन भन्न पाइँदैन,’ उनले भने ।

अघिल्लो इजलासमा रहेका केसी र श्रेष्ठका विषयमा रिट निवेदक पक्षका वकिलले प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताको आधारमा आज संवैधानिक इजलास पुनर्गठन गरेका थिए ।

पुनर्गठन गरिएको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १ : ४८ बजे

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई