मैले हस्ताक्षर नगरेको विषयमा बौद्धिक छलफल होस्, यताउता लाग्यो भन्ने नहोस्– प्रधानन्यायाधीश | Khabarhub Khabarhub

मैले हस्ताक्षर नगरेको विषयमा बौद्धिक छलफल होस्, यताउता लाग्यो भन्ने नहोस्– प्रधानन्यायाधीश


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूले अदालतको आदेशमा हस्ताक्षर नगरेको विषयमा बौद्धिक छलफल होस् भन्ने चाहेको बताएका छन् ।

प्रधानन्यायाधीश राणाले संवैधानिक इजलास गठनको बहस बौद्धिक छलफलमा जाओस् र आफ्नो पक्षधरता कतै नदेखियोस् भनेर आफूले १६ गतेको आदेशमा हस्ताक्षर नगरेको बताएका हुन् ।

महान्यायाधिवक्ता रमेश बडाल, पूर्व महान्यायाधिवक्ता अग्नि खरेल लगायतले उठाएको प्रश्नको जवाफमा प्रधानन्यायाधीश जबराले आफूले यो विषयमा बौद्धिक छलफल होस् भन्ने चाहेको बताएका हुन् ।

त्यसअघि महान्यायाधिवक्ता बडालले त्यो अदालतको आदेश हो कि के हो ? आदेश हो भनौं भने प्रधानन्यायाधीशको हस्ताक्षर छैन भन्दै प्रश्न उठाएका थिए ।

त्यसको जवाफ दिने क्रममा प्रधानन्यायाधीश जबराले भने, ‘मैले अस्ति नै भनेको थिएँ, यो बौद्धिक छलफलको बहस हो । श्रीमानहरूले आ-आफ्नो आदेश पढेर सुनाउनु भयो । मैले हस्ताक्षर गर्दा यता लाग्यो, उता लाग्यो भनेर नआओस्, यो विषय बौद्धिक छलफलमा जाओस् भनेर मैले हस्ताक्षर नगरेको हो ।’

यसअघि संवैधानिक इजलास गठनका विषयमा रिट निवेदक पक्षका वकिलहरूले प्रश्न उठाएपछि दुई न्यायाधीशले इजलास छाडेका थिए भने दुई न्यायाधीशले इजलास छाड्न अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १ : ५७ बजे

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि