मैले हस्ताक्षर नगरेको विषयमा बौद्धिक छलफल होस्, यताउता लाग्यो भन्ने नहोस्– प्रधानन्यायाधीश « Khabarhub

मैले हस्ताक्षर नगरेको विषयमा बौद्धिक छलफल होस्, यताउता लाग्यो भन्ने नहोस्– प्रधानन्यायाधीश


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूले अदालतको आदेशमा हस्ताक्षर नगरेको विषयमा बौद्धिक छलफल होस् भन्ने चाहेको बताएका छन् ।

प्रधानन्यायाधीश राणाले संवैधानिक इजलास गठनको बहस बौद्धिक छलफलमा जाओस् र आफ्नो पक्षधरता कतै नदेखियोस् भनेर आफूले १६ गतेको आदेशमा हस्ताक्षर नगरेको बताएका हुन् ।

महान्यायाधिवक्ता रमेश बडाल, पूर्व महान्यायाधिवक्ता अग्नि खरेल लगायतले उठाएको प्रश्नको जवाफमा प्रधानन्यायाधीश जबराले आफूले यो विषयमा बौद्धिक छलफल होस् भन्ने चाहेको बताएका हुन् ।

त्यसअघि महान्यायाधिवक्ता बडालले त्यो अदालतको आदेश हो कि के हो ? आदेश हो भनौं भने प्रधानन्यायाधीशको हस्ताक्षर छैन भन्दै प्रश्न उठाएका थिए ।

त्यसको जवाफ दिने क्रममा प्रधानन्यायाधीश जबराले भने, ‘मैले अस्ति नै भनेको थिएँ, यो बौद्धिक छलफलको बहस हो । श्रीमानहरूले आ-आफ्नो आदेश पढेर सुनाउनु भयो । मैले हस्ताक्षर गर्दा यता लाग्यो, उता लाग्यो भनेर नआओस्, यो विषय बौद्धिक छलफलमा जाओस् भनेर मैले हस्ताक्षर नगरेको हो ।’

यसअघि संवैधानिक इजलास गठनका विषयमा रिट निवेदक पक्षका वकिलहरूले प्रश्न उठाएपछि दुई न्यायाधीशले इजलास छाडेका थिए भने दुई न्यायाधीशले इजलास छाड्न अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १ : ५७ बजे

जेन-जी विद्रोहको अपनत्व लिँदै कांग्रेसको घोषणा : हामी बदलियौँ, अब देशको परिवेश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि जारी

निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन खबरदारी (तस्बिरहरू)

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित

रामवीरपछि रसुवाका एमाले नेता जनार्दन ढकाल पनि कांग्रेसतिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएपछि निष्क्रिय

शिक्षामा कांग्रेसको नीति : बजेटको २० प्रतिशत लगानी गर्ने, निजी शिक्षामा मौन

काठमाडौं– नेपाली कांग्रेसले शिक्षामा बजेटको २० प्रतिशत लगानी गर्ने नीति

कांग्रेसको प्रतिज्ञा पत्र : मध्यम वर्गलाई राहत, युवालाई ५० लाखसम्म ऋण

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिज्ञा