गोली प्रहार गरेको आरोपमा तीनजना पक्राउ | Khabarhub Khabarhub

गोली प्रहार गरेको आरोपमा तीनजना पक्राउ


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सिरहामा एक जना व्यवसायीमाथि गोली प्रहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

मिर्चैयाका औषधि व्यवसायी रामसागर साफीमाथि गोली प्रहार गरेको आरोपमा आइतबार बिहान प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

घटनामा सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको सिरहाका प्रवक्ता तथा डीएसपी शालिग्राम शर्माले जानकारी दिए । उनीहरूको नाम सार्वजनिक गरिएको छैन । घटना अनुसन्धानकै क्रममा रहेकाले अहिले सार्वजनिक गर्न नमिल्ने शर्माले बताए ।

शनिबार साँझ पौने ८ बजेतिर बत्ती गएका बेला पैदल आएको अज्ञात समूह औषधि पसलमै बसिरहेका ४० वर्षीय साफीमाथि गोली प्रहार गरी फरार भएको थियो । स्थानीय साफी पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया नगरपालिका–५ कटारी चोक र थाना चोकबीचमा रहेको सिद्धि मेडिकोका सञ्चालक हुन् ।

गोली उनको बायाँ हात र तिघ्रामा लागेको छ । शनिबारै साँझ मिर्चैयास्थित अस्पतालबाट उनलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ । उनी अहिले खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

सम्पत्ति विवादका कारण आफन्तबाटै अक्रमण भएको हुनसक्ने घाइतेका परिवारजनको आशंका छ । यसैकोणबाट अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  २ : १५ बजे

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।

शिक्षामन्त्री पुनको निर्देशन : हरेक विद्यालयमा एक कम्प्युटर शिक्षक अनिवार्य गर्नुहोस्

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमत्री डा महाविर पुनले मन्त्रालयलका

देशभरका सडकको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन फोकल पर्सन तोकियो

काठमाडौं – देशभरका सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन भौतिक

२२ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, ८८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को दुई महिनामा अघिल्लो आवको सोही