गोली प्रहार गरेको आरोपमा तीनजना पक्राउ « Khabarhub

गोली प्रहार गरेको आरोपमा तीनजना पक्राउ


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सिरहामा एक जना व्यवसायीमाथि गोली प्रहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

मिर्चैयाका औषधि व्यवसायी रामसागर साफीमाथि गोली प्रहार गरेको आरोपमा आइतबार बिहान प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

घटनामा सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको सिरहाका प्रवक्ता तथा डीएसपी शालिग्राम शर्माले जानकारी दिए । उनीहरूको नाम सार्वजनिक गरिएको छैन । घटना अनुसन्धानकै क्रममा रहेकाले अहिले सार्वजनिक गर्न नमिल्ने शर्माले बताए ।

शनिबार साँझ पौने ८ बजेतिर बत्ती गएका बेला पैदल आएको अज्ञात समूह औषधि पसलमै बसिरहेका ४० वर्षीय साफीमाथि गोली प्रहार गरी फरार भएको थियो । स्थानीय साफी पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया नगरपालिका–५ कटारी चोक र थाना चोकबीचमा रहेको सिद्धि मेडिकोका सञ्चालक हुन् ।

गोली उनको बायाँ हात र तिघ्रामा लागेको छ । शनिबारै साँझ मिर्चैयास्थित अस्पतालबाट उनलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ । उनी अहिले खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

सम्पत्ति विवादका कारण आफन्तबाटै अक्रमण भएको हुनसक्ने घाइतेका परिवारजनको आशंका छ । यसैकोणबाट अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  २ : १५ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले