राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न आदिवासी जनजाति महासंघको माग « Khabarhub

राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न आदिवासी जनजाति महासंघको माग


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कानुन बमोजिम कडा कारबाही गर्न नेपाल आदिवासी जनजाति महासंघले माग गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै महासंघले होटल सञ्चालक र दुर्व्यवहार गर्ने व्यक्तिहरूलाई कारबाही गर्न माग गरेको हो ।

‘राउटे समुदायका दुई युवतीहरुमाथि भएको यौन दुर्व्यवहार सम्बन्धमा नेपालका सम्पूर्ण आदिवासीहरूको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

जुनसुकै हिंसा मानवअधिकार विरोधी कार्य भएको र यौन हिंसा चरम मानव अपराध भएको महासंघले उल्लेख गरेको छ ।

मञ्जुरी विना तस्वीर तथा भिडियो खिच्ने, गलत नियतले राउटे युवतीलाई होटलमा ल्याउने, मादक पदार्थ सेवन गराउने र यौन दुर्व्यवहार गर्ने जस्ता कार्यहरु घृणित मानवता विरोधी र अक्षम्य कार्य भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ३ : २० बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्