खाना खाँदा रिसाए हुन्छ हानी « Khabarhub

खाना खाँदा रिसाए हुन्छ हानी


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तु शास्त्रमा घर वा घरको कोठाको दिशाका बासरेमा मात्र नभई घरका हरेक हिस्साका बारेमा बताइएको छ ।

धेरैलाई थाहा नहुन सक्छ, खाना बनाउँदादेखि खाना खानेसम्म केहि यस्ता गल्ती हुन्छन् जसले देवी लक्ष्मी रुष्ट हुने गर्दछिन् । जसका कारण व्यक्ति र परिवारको जीवनमा आर्थिक स्थितिमा नकारात्मक असर पर्ने गर्दछ । के के हुन् ति गल्ती ?

१. पूर्व दिशालाई देवताको दिशा मानिएको छ । त्यसैले वास्तु अनुसार पूर्वतर्फ मुख फर्काएर भोजन गर्नु पर्दछ । पूर्वका अलावा उत्तर दिशा तर्फ मुख फर्काएर पनि भोजन गर्न सकिन्छ । यसले रोगव्याधबाट टाढा राख्दछ ।

२. भोजनलाई अन्नपूर्णा मानिन्छ त्यसैले बिना नुहाइधुवाई भोजन गर्न नहुने मान्यता छ । सम्भव नभए हातखुट्टा र मुख धोएर मात्र खाना खानु पर्ने मान्यता छ ।

३. यदि भान्सामा कुनै भाडाकुडा टुट फुट भएको छ चर्किएको वा टुक्रिएको छ भने त्यसलाई तुरुन्त बाहिर निकाल्नु पर्दछ । अन्यथा यसले जीवनमा दुर्भाग्य निम्त्याउँछ ।

४. मानिसलाई जति भोक छ त्यति नै पस्किनु पर्दछ । खाना फ्याक्नु हुदैँन । अन्यथा भोजनको अपमान भएको मानिन्छ । खासै रिस उठेको नाममा खाना त्याग्ने वा खाना खादाँ रिसाउने समेत गर्नु हुदैँन ।

भान्सामा जोडिएको वास्तुका नियम
– दक्षिण–पूर्व दिशा जसलाई आग्नेय कोण पनि भनिन्छ यस दिशामा भान्सा हुनु पर्दछ । यसले घरमा सकारात्मकता बढाउने गर्दछ । उत्तरपूर्व दिशा भान्सा हुनु हुदैँन ।

– वास्तु अनुसार खाना बनाउँदा व्यक्तिको मुख पूर्व फर्किनु सबैभन्दा शुभ मानिन्छ ।

– वास्तु अनुसार घरको भान्सामा पाकेको भोजन पूरै परिवारकालागि राम्रो स्वास्थ्य र सौभाग्य लिएर आउने गर्दछ ।

– भान्साको चुल्हो धन र समृद्धिका प्रतीक मानिन्छ त्यसैले खाना बनाएपछि चूल्हो फोहोर छाड्नु हुदैँन ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ११ : ४६ बजे

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि