ढुंगा, गिट्टी, बालुवा निकासी खुला गर्ने निर्णय चुरेसँग सम्बन्धित छैन : चुरे विकास समिति « Khabarhub

ढुंगा, गिट्टी, बालुवा निकासी खुला गर्ने निर्णय चुरेसँग सम्बन्धित छैन : चुरे विकास समिति


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले आगामी आर्थिक वर्षको बजेटमार्फत खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी खुला गर्ने व्यवस्था चुरेसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ ।

आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै समितिले बजेटको बुँदा नम्बर १९९ मा चुरे शब्द उल्लेख नै भएको भन्दै यसमा अनावश्यक विवाद गर्नुपर्ने कुनै कारण नै नरहेको जनाएको हो ।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष डा. किरण पौडेलले बजेटमा उल्लेखित व्यवस्था चुरे–भावर क्षेत्रसँग सम्बन्धित नरहेको र आफूहरूले यस सम्बन्धमा अर्थ मन्त्रालय, खानी विभागसहितबाट पनि स्पष्ट भएको जानकारी दिए । बजेटमा गरिएको व्यवस्थालाई जबरजस्ती चुरेसँग जोडिएको उनले बताए । चुरेमा खानी राख्न सम्भव नभएको र खानी राख्ने बिषयमा कुनै अध्ययन नै नभएको उनको भनाइ छ ।

पौडेलले खानीको विषयलाई चुरेसँग जबरजस्ती जोड्नु तर्कसंगत र सान्दर्भिक नै नरहेको उल्लेख गरे । चुरे संरक्षणमा काम गर्न धेरै बाँकी रहेको र त्यसका लागि समितिले काम गरिरहेको उनले बताए । उनले चुरे भन्दा बाहिरको क्षेत्रका लागि गरिएको व्यवस्थाका लागि आफूहरू बोल्न नमिल्ने जिकिर गरे ।

प्रधानमन्त्रीले चुरे संरक्षणमा प्रतिबद्धता जनाएको र यस क्षेत्रको संरक्षणमा काम गर्न निर्देशन पनि दिएको पौडेलले बताए । त्यस्तै उनले अहिले नै चुरे क्षेत्रमा पर्ने सिद्धबाबाको डाँडा काट्ने विषयमा कुनै निर्णय पनि नभएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा वन मन्त्रालयका सचिव डाक्टर प्रेम नारायण कँडेलले बजेटमा रहेको व्यवस्थाबाट चुरे प्रणालीबाट खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी नहुने कुरा स्पष्ट हुन आग्रह गरे । जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेटको बुँदा नम्बर १९९ मा वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने उल्लेख छ ।

बजेटबाटै चुरे दोहनको व्यवस्था गरेको भन्दै सरकारको आलोचना हुँदै आएको छ । सरकारले चुरे क्षेत्रको संरक्षणका लागि भन्दै २०७१ साल असाढ २ गते राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठन गरेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ५ : ३० बजे

रास्वपाबाट निष्कासित भएपछि स्वर्णकारले भने- ‘मेरो राजनीतिक हत्या भयो’

बारा– राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

ऋण खोजेर सुरु गरेको तरकारीखेती बन्यो सोवितको पहिचान

म्याग्दी– तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ

लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति

मुस्ताङ– छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न