मापसे गरी सरकारी मोटरसाइकलमा सवार अधिकृत प्रहरीको फन्दामा « Khabarhub

मापसे गरी सरकारी मोटरसाइकलमा सवार अधिकृत प्रहरीको फन्दामा


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निषेधाज्ञाको समयमा मादक पदार्थ सेवन गरी सरकारी मोटरसाइकलमा सवार अधिकृतसहित अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मापसे गरी मोटरसाइकल चलाएको पाइएपछि महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीले कृषी तथा पशुपति विकास मन्त्रालय अन्तर्गत विकेन्द्रित आयोजना सहयोग इकाइमा कार्यरत शाखा अधिकृत हुमनाथ अर्याल र अर्का खगेश्वर पाठकलाई नियन्त्रणमा लिएको हो ।

तस्वीर – पत्रकार छायाँचन्द्र भण्डारीको फेसबुकबाट ।

घटना गत विहीबारको हो । प्रभागका प्रहरी निरीक्षक शंकर खड्काका अनुसार बा २ ब ५४२५ नम्बरको सरकारी मोटरसाइकल चालक खगेश्वर पाठक र शाखा अधिकृत हुमनाथ अर्याललाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरेर छाडिएको छ।

कानून विपरीत हिड्ने जो कोहीलाई कारबाही गरिने प्रहरी निरीक्षक खड्काले बताए ।

तस्वीर – पत्रकार छायाँचन्द्र भण्डारीको फेसबुकबाट ।

 

 

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ५ : २० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको