२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४७९ संक्रमित जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ४७१ पीसीआर परीक्षणबाट ३ हजार २४ र ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हजार ४७९ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ६ हजार ६३६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ५, उदयपुरमा ९,  , झापामा ११८, तेह्रथुम ३, पाँचथर १, भोजपुरमा ४, मोरङमा २२५, संखुवासभामा ५, सोलुखुम्बु १ र सुनसरी ६० जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ८६, पर्सामा ३,  बारामा ६४, महोत्तरीमा २०, रौतहटमा १०, सप्तरीमा १०, सर्लाहीमा ४२ र सिरहामा ४२ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ७३१ जनामा कोरोना भेटिएको छ। काभ्रेमा १२९, चितवनमा ३८, दोलखामा ३, धादिङमा८३, नुवाकोटमा ५६, भक्तपुरमा १४६, मकवानपुरमा ६६, रसुवा २, रामेछापमा ११, ललितपुरमा २५४, सिन्धुपाल्चोकमा ९६ र सिन्धुली २५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ५८, गोरखामा ३९, तनहुँमा १६, नवलपरासी पूर्वमा १८, पर्वत १०, म्याग्दी १,  लमजुङमा १, बागलुङमा ३ र स्याङजामा ८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा ९, गुल्मीमा १८, दाङमा ३९, नवलपरासीमा १५, पाल्पामा ७०, प्यूठानमा २, बर्दियाका ४७, बाँकेमा ४६, रुकुम पूर्व १, रुपन्देहीमा ५० र रोल्पामा १२ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा ३, दैलेखमा १, रुकुम पश्चिममा १२, सल्यानमा २१, हुम्लामा २ र सुर्खेतमा ७१ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १४, कञ्चनपुरमा ७, कैलालीमा ४०, दार्चुला १, बाजुरा १ र बैतडीमा २६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ६ : ०१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको