२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४७९ संक्रमित जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ४७१ पीसीआर परीक्षणबाट ३ हजार २४ र ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हजार ४७९ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ६ हजार ६३६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ५, उदयपुरमा ९,  , झापामा ११८, तेह्रथुम ३, पाँचथर १, भोजपुरमा ४, मोरङमा २२५, संखुवासभामा ५, सोलुखुम्बु १ र सुनसरी ६० जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ८६, पर्सामा ३,  बारामा ६४, महोत्तरीमा २०, रौतहटमा १०, सप्तरीमा १०, सर्लाहीमा ४२ र सिरहामा ४२ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ७३१ जनामा कोरोना भेटिएको छ। काभ्रेमा १२९, चितवनमा ३८, दोलखामा ३, धादिङमा८३, नुवाकोटमा ५६, भक्तपुरमा १४६, मकवानपुरमा ६६, रसुवा २, रामेछापमा ११, ललितपुरमा २५४, सिन्धुपाल्चोकमा ९६ र सिन्धुली २५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ५८, गोरखामा ३९, तनहुँमा १६, नवलपरासी पूर्वमा १८, पर्वत १०, म्याग्दी १,  लमजुङमा १, बागलुङमा ३ र स्याङजामा ८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा ९, गुल्मीमा १८, दाङमा ३९, नवलपरासीमा १५, पाल्पामा ७०, प्यूठानमा २, बर्दियाका ४७, बाँकेमा ४६, रुकुम पूर्व १, रुपन्देहीमा ५० र रोल्पामा १२ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा ३, दैलेखमा १, रुकुम पश्चिममा १२, सल्यानमा २१, हुम्लामा २ र सुर्खेतमा ७१ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १४, कञ्चनपुरमा ७, कैलालीमा ४०, दार्चुला १, बाजुरा १ र बैतडीमा २६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ६ : ०१ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म