बुधबारदेखि बेपत्ता महिला मृत फेला परिन् | Khabarhub Khabarhub

बुधबारदेखि बेपत्ता महिला मृत फेला परिन्


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत बुधबारदेखि बेपत्ता भएकी भक्तपुर, चाँगुनारायणकी एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथली सौडोलकी ३९ वर्षीय सुनमाया न्हेम्हाफुकी नालाको जंगलमा नाम्लोको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा शनिबार (हिजो) दिउँसो फेला परेकी हुन् ।

बुधबार विहान घर नजिकैको खेतमा रोपाईं गरेर फर्केपछि खाना खाएर बाहिर निस्केकी उनी त्यसपछि सम्पर्कविहीन भएकी थिईन् ।

उनको घरमा पनि कुनै किसिमको झैझगडा नपरेको परिवारजनले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका एक छोरा, एक छोरी र श्रीमान छन् ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ६ : २६ बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम