कुमारी बैंकका ग्राहकले टेलेउपचारमा १० प्रतिशत छुट पाउने « Khabarhub

कुमारी बैंकका ग्राहकले टेलेउपचारमा १० प्रतिशत छुट पाउने


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंक लिमिटेड तथा टेले उपचार डटकमका बीचमा आफ्ना ग्राहकहरुलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ ।

यस सम्झौता अन्तर्गत कुमारी बैंक लिमिटेडका ग्राहकहरूले टेले उपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंक लिमिटेडको डिजिटल उपकारण प्रयोग गरी भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकको आधिकारिक एप ‘कुमारी स्मार्ट’ वा कुमारी बैंक लिमिटेडको कार्ड प्रयोग गरी भुक्तानी गर्दा बैंकमा खाता भएका ग्राहकहरूलाई टेलिउपचार डटकमबाट १०% छुट प्रदान गरिने बैंकले जनाएको छ ।

टेलेउपचारमा सुरक्षित रूपमा आफूले रोजेका डक्टर वा चिकित्सकहरूसँग अनलाइन परामर्श लिन सकिन्छ । टेलेउपचारको वेबसाइट वा मोबाइल एपबाट डाक्टरहरूसँग समय लिई छिटोभन्दा छिटो स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ ।

अहिलेको कोभिड महामारीको विषम परिस्थितिमा सम्पूर्ण ग्राहकहरुलाई सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित रहन अनुरोध गर्दै बैैंकका ग्राहकहरुले भौतिक उपस्थितिबिना सहज र सुरक्षित स्वास्थ्य सेवा लिन यो सुविधाबाट सहयोग पुग्नेमा आफू विस्वस्त रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ३ : ४२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु