एनआईसी एसिया बैंकमा अनलाइनबाट खाता खोलेर आईफोन-१२ जित्ने मौका ! « Khabarhub

एनआईसी एसिया बैंकमा अनलाइनबाट खाता खोलेर आईफोन-१२ जित्ने मौका !


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनआईसी एसिया बैंकले कोरोना भाइरसको महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले दुईवटा प्रतियोगिता आयोजना गर्ने भएको छ।

बैंकले अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज र भिडियो च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको हो।

यही जेठ २३ देखि असार १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगिताहरुमध्ये सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने एक जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्टवाच र यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्ने दुई जनालाई जनही ५० हजार नगद जित्ने मौका रहेको बैंकले जनाएको छ।

एकाउन्ट ओपनिङ च्यालेन्जका लागि सहभागीले जतिसक्दो कम समयमा यस बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्नेछ।

यस प्रतियोगितामा सहभागी हुनका लागि निम्नलिखित चरणहरु पार गर्नुपर्ने बैंकले जनाएको छ–

-यस बैंकको वेबसाइटबाट खाता खोल्ने प्रक्रिया पूरा गर्ने ।
-एकाउन्ट प्रोग्रेसनमा गई आफ्नो रिफरेन्स कोड राखेर खाता खोल्ने स्टेप १ देखि सबमिटेडसम्म देखिने गरी स्क्रिनशट लिनुपर्नेछ।
-बैंकको आधिकारिक फेसबुक पेजमा रहेको पिन्ड पोष्टको कमेन्टमा च्यालेन्ज एसेप्टेड लेखेर आफ्ना ५ जना साथीहरूलाई ट्याग गरी उक्त स्क्रिनशट पोष्ट गर्नुपर्नेछ।
-सहभागीले उक्त पिन्ड पोष्टलाई आफ्नो टाइमलाइनमा ‘घरबाटैअनलाइनखाता’ ह्यासट्याग तथा एनआईसीएसियाबैंक ह्यासट्याग उल्लेख गरी सार्वजनिक रुपमा सेयर गर्नुपर्नेछ।
-यस बैंकको फेसबुक पेज र उक्त पिन्ड पोष्टलाई लाइक गर्नुपर्नेछ।

प्रतियोगिता अवधिभर हरेक साता दुई÷दुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनौट गरी बैंकले प्रत्येकलाई एक/एक वटा स्मार्टवाच प्रदान गर्नेछ र उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्नुहुने एकजना भाग्यमानी ग्राहक महानुभावलाई आइफोन–१२ प्रदान गरिने योजना रहेको छ ।

त्यस्तै भिडियो च्यालेन्जका लागि भने युट्युबमा भिडियोहरू अपलोड गर्ने युट्युबरहरू यस बैंकको अनलाइन खाता खोल्ने प्रक्रिया एवं यसका योजनाहरूबारे भिडियो वा भ्लग बनाई यस प्रतियोगितामा सहभागी हुनसक्ने बैंकले जनाएको छ।

भिडियो बनाउँदा बैंकको ‘सहज रुपमा अनलाइन खाता प्रक्रिया’ एवं ‘महामारीको बेला बैंक पुगेर खाता खोल्दाका चुनौती’बारेमा सहभागीले खुलेर प्रस्तुति दिनुपर्ने हुन्छ।

सहभागीले आफूसँग रहेको कौशल प्रयोग गर्दै रचनात्मक भिडियो तयार पारी युट्युबमा यस बैंकको आधिकारिक युट्युब च्यानललाई ट्याग गरी घरबाटैअनलाइन खाता र एनआईसीएसियाबैंक ह्यासट्याग उल्लेख गरी भिडियो अपलोड गर्नुपर्नेछ।

सहभागी भएका भिडियोहरूमध्ये रचनात्मक भिडियो र सबैभन्दा धेरै पटक (न्यूनतम २ हजार पटक) हेरिएको भिडियोलाई जनही ५० हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  २ : ४७ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र