देश विकासको अभियानमा प्रधानमन्त्रीलाई सहयोग गर्न सरकारमा आएका हौँ : उर्जामन्त्री भण्डारी (भिडियोसहित) « Khabarhub

देश विकासको अभियानमा प्रधानमन्त्रीलाई सहयोग गर्न सरकारमा आएका हौँ : उर्जामन्त्री भण्डारी (भिडियोसहित)


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शरतसिंह भण्डारीले मुलुकको आर्थिक क्रान्तिलाई अघि बढाउन गम्भीरतापूर्वक कार्यसम्पादन गर्ने बताएका छन् ।

आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड नै उर्जा र जलस्रोत क्षेत्र भएको भन्दै आफूले आर्थिक क्रान्तिलाई अघि बढाउन गम्भीरतापूर्वक कार्यसम्पादन गर्ने बताएका हुन् ।

उनले मन्त्रालयको कामलाई चुस्त र प्रभावकारी बनाउने र यसका लागि अन्य मन्त्रालयसँग समन्वय तथा सहकार्य गर्ने बताए । मन्त्री भण्डारीले मुलुकको विकासको अभियानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्न आफूहरु सरकारमा आएको जिकिर गरे । उनले आफूहरुको माग मुद्धाहरु प्रधानमन्त्री ओलीले सम्बोधन गरेका कारण नै सहकार्य गरेको धारणा राखे ।

हेरौँ भिडियो

त्यस्तै कार्यभारपछि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले गम्भीरतापूर्वक कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए । उनले ऐन नियम र कानूनको परिधिभित्र रहेर कार्यसम्पादनलाई अघि बढाउनुपर्नेमा जोड दिए । मन्त्रालयले अघि सार्ने योजनाहरुमाथि छलफल गरेर कार्यान्वयन गर्न दृढतापूर्वक लाग्न पनि उनले निर्देशन दिए ।

आइतबार नै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरीले पनि सिंहदरबारमा पदभार ग्रहण गरेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ६ : ५९ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक