कारको ठक्करबाट पैदलयात्रीको मृत्युपछि फरार सांसदका छोरा पक्राउ « Khabarhub

कारको ठक्करबाट पैदलयात्रीको मृत्युपछि फरार सांसदका छोरा पक्राउ


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कारको ठक्करबाट पैदलयात्रीको मृत्युपछि भागेका प्रदेश १ का प्रदेश सांसद बिन्दिया कार्कीका छोरा रोविन पक्राउ परेका छन् ।

कार्कीलाई आइतबार अपराह्न विराटनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

पक्राउ परेका कार्कीलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरू गर्ने प्रहरीको तयारी छ । कार्कीलाई सवारी ज्यान मुद्दामा म्याद थप गरिने छ । गत बिहीबार राति साढे सात बजे रोविनले मदिरा सेवन गरी चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो ।

सोही दुर्घटनामा मोरङ कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन् ।

राजनीतिक शक्ति केन्द्रको दबाबमा प्रहरीले उनलाई पक्राउ गर्न आनाकानी गरेको थियो । तर, चौतर्फी दबाबपछि कार्कीलाई आइतबार अपराह्न विराटनगरको बरगाछी घरबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ७ : ३८ बजे

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका