विद्यार्थी संगठनद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन (फोटोफिचर) « Khabarhub

विद्यार्थी संगठनद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन (फोटोफिचर)


२३ जेष्ठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले बजेटमार्फत चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीति अघि सारेको भन्दै नेविसंघलगायतका अन्य विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

चुरे क्षेत्रलाई नै बिनाश गर्नेगरी सरकारले ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने तयारी गरेको भन्दै बिरोध स्वरुप उनीहरूले काठमाडौँको कोटेश्वरमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

उनीहरूले सरकारले लिएको उक्त नीति तत्काल फिर्ता लिन माग गरेका छन् । चुरे बिनाश गर्ने नीति फिर्ता नलिए कडा आन्दोलन गर्ने नेविसंघका नेता सञ्जय बुढाथोकीले बताए ।

विद्यार्थीहरुले पुत्ला दहन गर्नेबितिकै प्रहरीले हस्तक्षेप गरेको थियो । यसअघि आइतबार नै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौँको गंगबुमा चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीतिको विरोध गर्दै विरोध प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ८ : ३२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस