विद्यार्थी संगठनद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन (फोटोफिचर) « Khabarhub

विद्यार्थी संगठनद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन (फोटोफिचर)


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले बजेटमार्फत चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीति अघि सारेको भन्दै नेविसंघलगायतका अन्य विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

चुरे क्षेत्रलाई नै बिनाश गर्नेगरी सरकारले ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने तयारी गरेको भन्दै बिरोध स्वरुप उनीहरूले काठमाडौँको कोटेश्वरमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

उनीहरूले सरकारले लिएको उक्त नीति तत्काल फिर्ता लिन माग गरेका छन् । चुरे बिनाश गर्ने नीति फिर्ता नलिए कडा आन्दोलन गर्ने नेविसंघका नेता सञ्जय बुढाथोकीले बताए ।

विद्यार्थीहरुले पुत्ला दहन गर्नेबितिकै प्रहरीले हस्तक्षेप गरेको थियो । यसअघि आइतबार नै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौँको गंगबुमा चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीतिको विरोध गर्दै विरोध प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ८ : ३२ बजे

गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु चिन्तित

पाँचथर – यहाँ उत्पादित गोलभेँडाले उचित मूल्य नपाउँदा किसान समस्यामा

भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजिल्याण्डमा

अकल्यान्ड – दुई देशबीच व्यापार, लगानी र रणनीतिक साझेदारी द्रुत

विश्वकप क्वार्टरफाइनलमा स्पेन र बेल्जियम भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं- सन् २०१० मा ट्रफी उचालेपछि विश्वकप मैदानमा खराब प्रदर्शन

रूपान्तरणकारी पठनपाठनको आधारका लागि ‘सञ्चारशील कक्षाकोठा’

काठमाडौं– वरिष्ठ सञ्चारकर्मी डा रघु मैनालीको ‘सञ्चारशील कक्षाकोठा’ पुस्तक सार्वजनिक