पार्टी एकताका लागि तार्किक निष्कर्षमा पुग्न अध्यक्ष ओलीको वक्तव्य सकारात्मक : नेता भट्टराई « Khabarhub

पार्टी एकताका लागि तार्किक निष्कर्षमा पुग्न अध्यक्ष ओलीको वक्तव्य सकारात्मक : नेता भट्टराई


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता योगेश भट्टराइले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वान सकारात्मक भएको प्रतिक्रिया जनाएका छन् ।

अध्यक्ष ओलीले एकताको आह्वानसहित ६ बुँदे अपिल जारी गरे लगत्तै उनले सामाजिक सञ्जालमार्फत सो प्रतिक्रिया जनाएका हुन् ।

एमालेको नेपाल–खनाल समूहमा रहेका उनले प्रधानमन्त्री समेत रहेका ओलीको आह्वानले एमालेको एकतालाई अक्षुण राख्न मद्धत पुग्ने अपेक्षा राखेका छन् ।

‘कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुनः निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नुपर्ने र मिलाउनु पर्ने थप विषयहरुलाई समाधान गर्ने छ’, उनले फेसबुकमा लेखेका छन्, ‘सर्वोच्चमा विचाराधीन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मुलत संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ ।’

उनले ओलीको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वका बीचमा सार्थक संबाद हुने र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने बताएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १० : १० बजे

मन्त्रीलाई आइफोन दिने चर्चा ‘गलत र कपोलकल्पित’ : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रत्येक

वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार

हावाहुरीले पर्खाल भत्किँदा सिरहामा एक महिलाको मृत्यु

सिरहा– सिरहामा शनिबार साँझ आएको हावाहुरीका कारण घरको पर्खाल भत्किँदा

‘ये बाबु रावका स्टाइल है !’ संघर्षदेखि सांसदसम्म परेश रावलको प्रेरणादायी यात्रा

काठमाडौँ – बलिउडका सफल अभिनेता तथा चर्चित राजनीतिज्ञ परेश रावलले

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछन् । बैठक बिहान ११