कतारमा कोरोना संक्रमित घट्दै, ३२ लाख बढीले लगाए खोप « Khabarhub

कतारमा कोरोना संक्रमित घट्दै, ३२ लाख बढीले लगाए खोप


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य रहेको कतारमा कोरोना संक्रमितको संख्या घट्दो देखिएको छ । कतारमा पछिल्लो २४ घण्टामा ९३ जनामा मात्र संक्रमण भेटिएको छ ।

यो संगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख २२ हजार ६६७ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस अवधिमा १ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या पनि २ लाख २० हजार ५९७ पुगेको छ भने संक्रमणबाट अहिलेसम्म ५९३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा १ हजार ४ सय ७७ वटा ‘एक्टिभ’ केस रहेका छन् भने ९२ जनाविभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । तीमध्ये ४४ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

अहिलेसम्म कतारमा ३२ लाख ७६ हजार ४१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप नलगाएका सबैलाई अनिवार्य खोप लगाउन मन्त्रालयले आग्रह गर्दै आएको छ ।

कतारले आफ्ना नागरिकसहित अन्य आप्रवासी श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : ५७ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै