करणको फिल्ममा धर्मेन्द्रदेखि आलियासम्म « Khabarhub

करणको फिल्ममा धर्मेन्द्रदेखि आलियासम्म


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउडका निर्माता तथा निर्देशक करण जोहारले सोमबार आफू निर्देशनमा फर्कन लागेको घोषणा गरेका छन् । करणले एक भिडियोमार्फत पाँच वर्षको वनवासलाई पुरा गर्दै निर्देशनमा फर्किन लागेको उल्लेख गरेका छन् ।

फिल्मको घोषणा उनले मंगलबार गर्दैछन् । प्रेमकथाको यो फिल्ममा धर्मेन्द्र, शबाना आजमी र जया बच्चनसँगै रणवीर सिंह र आलिया भट्टको प्रमुख भूमिकामा अभिनय रहनेछ ।

अभिनेता धर्मेन्द्रले करणको फिल्ममा काम गर्ने कुराको पुष्टि गरेका छन् । उनले आफू करणसँग काम गर्न उत्साहित भएको उल्लेख गरेका छन् । फिल्ममा धर्मेन्द्र र शबाना पहिलोपटक सँगै काम गर्दैछन् ।

यो मल्टीस्टारर फिल्मको नाम ‘रकी र रानीको प्रेमकथा’ छ । जसमा रणवीर रकी र आलिया रानी हुनेछिन् । धर्मेन्द्र र शबाना आलियाको हजुरबुवा र हजुरआमाको भूमिकामा हुनेछन् भने जया रणवीरकी हजुरआमा बन्नेछिन् ।

रणवीर र आलियाले यसअघि फिल्म ‘गली ब्वाइ’मा काम गरिसकेका छन् । करणले निर्देशन गरेको पछिल्लो फिल्म सन् २०१६ को ‘ऐ दिल है मुस्किल’ हो । जसमा रणवीर कपूर, ऐश्वर्या राय बच्चन र अनुष्का शर्मा प्रमुख भूमिकामा थिए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ११ : १८ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको