करणको फिल्ममा धर्मेन्द्रदेखि आलियासम्म « Khabarhub

करणको फिल्ममा धर्मेन्द्रदेखि आलियासम्म


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउडका निर्माता तथा निर्देशक करण जोहारले सोमबार आफू निर्देशनमा फर्कन लागेको घोषणा गरेका छन् । करणले एक भिडियोमार्फत पाँच वर्षको वनवासलाई पुरा गर्दै निर्देशनमा फर्किन लागेको उल्लेख गरेका छन् ।

फिल्मको घोषणा उनले मंगलबार गर्दैछन् । प्रेमकथाको यो फिल्ममा धर्मेन्द्र, शबाना आजमी र जया बच्चनसँगै रणवीर सिंह र आलिया भट्टको प्रमुख भूमिकामा अभिनय रहनेछ ।

अभिनेता धर्मेन्द्रले करणको फिल्ममा काम गर्ने कुराको पुष्टि गरेका छन् । उनले आफू करणसँग काम गर्न उत्साहित भएको उल्लेख गरेका छन् । फिल्ममा धर्मेन्द्र र शबाना पहिलोपटक सँगै काम गर्दैछन् ।

यो मल्टीस्टारर फिल्मको नाम ‘रकी र रानीको प्रेमकथा’ छ । जसमा रणवीर रकी र आलिया रानी हुनेछिन् । धर्मेन्द्र र शबाना आलियाको हजुरबुवा र हजुरआमाको भूमिकामा हुनेछन् भने जया रणवीरकी हजुरआमा बन्नेछिन् ।

रणवीर र आलियाले यसअघि फिल्म ‘गली ब्वाइ’मा काम गरिसकेका छन् । करणले निर्देशन गरेको पछिल्लो फिल्म सन् २०१६ को ‘ऐ दिल है मुस्किल’ हो । जसमा रणवीर कपूर, ऐश्वर्या राय बच्चन र अनुष्का शर्मा प्रमुख भूमिकामा थिए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ११ : १८ बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको