बलिउडमा उदितनारायणको ४१ वर्ष « Khabarhub

बलिउडमा उदितनारायणको ४१ वर्ष


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(इण्डियन एक्सप्रेस)– बलिउडका पाश्र्वगायक उदितनारायण झाले बलिउड यात्राको ४१ वर्ष पुरा गरेका छन् । उनले सोमबार इन्स्टाग्राममा तस्वीरसहित एक पोस्ट लेख्दा आफ्नो नोस्टाल्जिकपन प्रकट गरेका छन् ।

‘४१ वर्ष अघि फिल्म ‘उन्नीस बिस’मार्फत भारतीय फिल्म र संगीत उद्योगमा पाइला चालेको थिएँ । यो गीतको संगीत राजेश रोशनजीले गर्नुभएको थियो । मेरो आइडल श्री मोहम्मद रफी सा’बसँग गाउन पाउदा मेरा लागि सबैभन्दा खुशीको क्षण थियो’, उनले लेखेका छन् । उनले बलिउड यात्राको पहिलो गायनको तस्वीर पनि राखेका छन् ।

उदितले बलिउडमा सन् १९८० ताका करियर सुरु गरेका थिए । यसको आठ वर्षपछि आमिर खानको फिल्म ‘कयामत से कयामत तक’ को गीतहरु ‘पापा केहते है’, ‘अकेले है’ र ‘आय मेरे हम सफर’ गाएपछि उदितले पछाडि फर्केर हेर्नु परेन ।

उदितका लोकप्रिय गीतहरुमा ‘धकधक कर्ने लगा’, ‘मुझे निन्द ना आये’, ‘पेहला नशा’, ‘जादु तेरी नजर’, ‘ती चिज बडी है मस्त’, ‘क्या करेन के ना करे’, ‘हे गया है तुजको प्यार सजना’, ‘मेहन्दी लगा के रखना’, ‘आय हो मेरी जिन्दगी मे’, ‘ए अजनबी’लगायत छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १२ : ३० बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको