‘नखरेवाली’ बन्दै सारा « Khabarhub

‘नखरेवाली’ बन्दै सारा


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– केही समयअघि बलिउड अभिनेत्री सारा अली खान डेब्यू फिल्म ‘केदारनाथ’का सहायक निर्देशक जेहान हाण्डाका साथ रोमान्टिक तस्वीर भाइरल भएपछि चर्चामा आइन् । उनीहरु डेटमा रहेको अनुमान गरिएको थियो ।

सारा व्यक्तिगत जीवनबाहेक व्यावसायिक जीवनका कारण पनि चर्चामा आइरहन्छिन् । साराको हातमा ‘अन्तरंगी रे’, ‘द इमोर्टल अश्वत्थामा’ जस्ता ठूला फिल्म छन् । साराको हातमा अर्को नयाँ फिल्म आएको छ ।

फिल्मको नाम ‘नखरेवाली’ रहेको छ र फिल्मको निर्माण आनन्द एल रायले गर्दैछन् । फिल्ममा सारा शीर्ष भूमिकामा देखिँदैछिन् । आनन्द र साराले केही समयअघि मात्र फिल्म ‘अन्तरंगी रे’को सुटिङ पुरा गरेका थिए ।

आनन्दको फिल्म टिमले सारालाई सम्पर्क गरिसकेको छ । साराले पनि आफू ‘नखरेवाली’ बन्न तयार रहेको जनाउ दिइसकेकी छन् । फिल्ममा आनन्दको निर्देशन हुने छैन ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १ : ०० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय