जनकपुर पुगेर प्रचण्डले भने : देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामदेश जारी हुन्छ « Khabarhub

जनकपुर पुगेर प्रचण्डले भने : देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामदेश जारी हुन्छ


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनः स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

सोमबार जनकपुर आइपुगेका उनले संविधानको मर्म र भावना अनुसार संसद पुनःस्थापना हुने र कांग्रेस सभापनि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुने विश्वास गरेका हुन् ।

उनले भने,’देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, अनि संसद पनि पुनर्स्थापना हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली थप निरंकुशता तर्फ अग्रसर भएको आरोपसमेत लगाए । ओलीले सर्वोच्च अदालतलाई दबाब दिएर थप निरंकुशता तर्फ अग्रसर भएको उनको भनाइ छ ।

ओली जनताको नजरमा एक निरंकुश र लोकतन्त्र विरोधी तत्वको रुपमा उजागर भइसकेको भन्दै ओलीको निरंकुश कदमविरुद्ध जनताले जवाफ दिनु पर्ने बताए ।

निधन भएका पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जलि दिन मंगलबार जनकपुरधाम आएका प्रचण्डले सर्वोच्चले संसद पुनःस्थापना मात्र नभई १४६ संसदको हस्ताक्षरको आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गर्ने विश्वास व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १ : २१ बजे

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

खोटाङ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन

प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द

लन्डन- बेलायतको हवाई यातायात व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान

माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम

बागलुङ– बागलुङका उत्पादनयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ। कृषि

भोटेकोशी बाढी : एक हजार ३६७ शव भेटिए

काठमाडौं– रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार ३६७