निशाको स्वास्थ्यमा फेरि समस्या « Khabarhub

निशाको स्वास्थ्यमा फेरि समस्या


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भारतको देहरादुनमा तीन वर्ष अघि सडक दुर्घटनामा परेर उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्यमा समस्या देखिएको छ । गत जेठ २७ गते नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीको पहलमा उनको घरबाट उद्धार गरिएकी निशा हाल नर्भिक अस्पतालको विशेष उपचार कक्षमा उपचाररत छिन् ।

निशाका पिता प्रेम घिमिरेका अनुसार सोमबार निशाको मुखबाट रगत बगेको थियो । ‘सोमबार बिहानदेखि छोरीको मुखबाट रगत बगेको थियो । मंगलबार केही कम भएको छ’, प्रेमले भने, ‘त्योबाहेक उसको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन । डाक्टरहरुको निगरानीमा राम्रो उपचार भइरहेको छ ।’

अस्पतालका डा. पंकज जलानको नेतृत्वको टिमले निशालाई ह्विलचेयर थेरापी, म्युजिक थेरापीलगायतका विभिन्न विधिबाट उपचार गरिरहेको छ ।

प्रेमले छोरीलाई अहिले पाइपबाट खाना खुवाइरहेको बताए । प्रेमका अनुसार निशा समय–समयमा बोल्न पनि खोज्छिन् ।

तीन वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेको डेढ महिनामा नै उनी दुर्घटनामा परेकी थिइन् । त्यहाँ प्रारम्भिक उपचार पछि उनलाई काठमाडौंको ट्रमा सेन्टर ल्याइएको थियो ।

तीज गीतको भिडियोबाट मोडलिङ सुरु गरेकी निशाले झण्डै तीन दर्जन हाराहारीमा भिडियोमा अभिनय गरेकी छन् । उनले फिल्म ‘मधेशीपूत्र २’ र टेलिफिल्म ‘डियर जिन्दगी’मा अभिनय गरेकी छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  २ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै