जसको नाममा फ्यानले मन्दिर बनाए « Khabarhub

जसको नाममा फ्यानले मन्दिर बनाए


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– फ्यानहरु आफ्नो मनपर्ने कलाकारलाई भगवानका रुपमा पुज्छन् । तमिल फिल्मका फ्यानहरुको कलाकारलाई अलिक फरक किसिमले सम्मान गर्छन् । अझ अभिनेत्रीप्रति उनीहरुको सम्मान विशेष किसिमको छ । तमिल फिल्ममा केही यस्ता अभिनेत्रीहरु छन्, जसको नाममा फ्यानहरुले मन्दिर नै बनाइदिएका छन् ।

अभिनेत्री हंसिका मोटवानीले अभिनेता धनुषका साथ फिल्म ‘पदिक्कथवन’बाट कलिउडमा आफ्नो यात्रा सुरु गरिन् । हंसिका जहिल्यै आफ्नो आकर्षक व्यक्तिबाट दर्शकको मनमा बस्न सफल रहिन् ।

यी अभिनेत्री अहिले २९ वर्षको भइन् । उनले ‘बोगन’, ‘वेट्टई मन्नान’, ‘पार्टनर’ जस्ता फिल्ममा काम गरेकी छन् । यी अभिनेत्रीको नाममा फ्यानले मन्दिर नै बनाएका छन् ।

अभिनेत्री खुशबुले फिल्म ‘किजाक्कु वासल’बाट लोकप्रियता पाइन् । उनको फ्यानले तमिलनाडुको तिरुचिरापल्लीमा एक मन्दिर बनाएका छन् । तर विवाहपूर्व सेक्स र एड्सका विषयमा उनले सामाजिक सञ्जालमा जनाएको प्रतिक्रिया प्रति आपत्ति जनाउदै फ्यानले मन्दिर भत्काइदिएका थिए ।

कलिउड फिल्ममा लोकप्रिय अभिनेत्री नमिता त्यहाँको परिचित नाम हो । उनले ‘नान अवान इलई’, ‘अझगिया तमिल मगन’, ‘बिल्ला’, ‘इंग्लिशकरण’ र ‘कोवई ब्रदर्स’ लगायतका हिट फिल्ममा अभिनय गरेकी छन् । सन् २००८ मा नमिताका फ्यानले तमिलनाडुको तिरुनेलवेलीमा उनका लागि एक मन्दिर नै बनाइदिए ।

कलिउडकी ‘लेडी सुपरस्टार’ नयनताराले टलिउडमा पनि आफ्नो पहिचान बनाएकी छन् । आरजे बालाजीसँग आफ्नो फिल्ममा देवी मुकुथी अम्मनको भूमिका निभाउने यी अभिनेत्रीलाई फ्यानले पुजा गर्छन् ।

सन् २०१४ मा नयनताराका फ्यानले उनका लागि एक मन्दिर बनाउने निर्णय गरेका थिए । तर अभिनेत्रीले यो निर्णयलाई अस्वीकार गरेकी थिइन् ।

अभिनेत्री निधि अग्रवाल एक टलिउड र कलिउड फ्यानमाझ लोकप्रिय छिन् । निधीको फ्यानले चेन्नइमा अभिनेत्रीका लागि एक मन्दिर बनाएका छन् । उनीहरुले अभिनेत्रीकै मुर्ति बनाएर दुधले नुहाइदिएका थिए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  २ : २० बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको