माओवादी नेता यादवको निधन, प्रचण्डद्वारा अन्तिम श्रद्धाञ्जलि « Khabarhub

माओवादी नेता यादवको निधन, प्रचण्डद्वारा अन्तिम श्रद्धाञ्जलि


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । क्यान्सर रोगबाट पीडित यादवको सोमबार राति ५७ वर्षको उमेरमा आफ्नै निवास जनकपुरधाममा निधन भएको हो ।

विभिन्न ठाउँको उपचार पश्चात नेता यादव चिकित्सकको सल्लाह अनुसार घरमै औषधि सेवन गरेर बसेका थिए ।

धनुषाको शहीदनगर नगरपालिका–१ बालाबाखर जन्मथलो भएका नेता यादव तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा शुरूदेखि नै सहभागी भएका थिए । उनले महोत्तरी, धनुषा र सिरहाको कमाण्डर भएर पनि काम गरेका थिए । पछिल्लो समय उनी पार्टीका केन्द्रीय सदस्य थिए । यादवका दुई छोरी र एक छोरासहित तीन सन्तान रहेका छन् ।

जेटिएको स्थायी जागिर छाडेर नेता यादव कम्युनिष्ट राजनीतिमा सक्रिय भएका थिए । धनुषा बालाबाखर गाविसको उपाध्यक्षमा समेत निर्वाचित भएका यादव यस क्षेत्रका तत्कालीन नेता रामवृक्ष यादवको प्रभावमा तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सक्रिय भएका थिए । पछि उनलाई पार्टीले महोत्तरी र धनुषाको कमाण्डरको जिम्मेवारी दिएको थियो । नेता यादव नेकपा माओवादीबाट संविधानसभा २०६४ को पहिलो निर्वाचनमा धनुषाको क्षेत्र निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए ।

प्रचण्डद्वारा अन्तिम श्रद्धाञ्जलि

यादवको आजै जनकपुरधामस्थित स्वर्गद्वारमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री मातृका यादव पनि सहभागी भएका थिए ।

हवाई जहाजमार्फत १० बजे जनकपुरका आएका प्रचण्डले पार्टी कार्यालयमा श्रद्धाञ्जलि अर्पण गरेका थिए । श्रद्धाञ्जलि अर्पण पश्चात नेता एवं कार्यकर्तासहित प्रचण्ड उनको निवासमा पुगेका थिए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ३ : ३७ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको