अवैध धन्दामा संलग्न चार चिनियाँ नागरिक पक्राउ (भिडियोसहित) « Khabarhub

अवैध धन्दामा संलग्न चार चिनियाँ नागरिक पक्राउ (भिडियोसहित)

ठूलो परिमाणमा दुर्लभ वन्यजन्तुका अंगसहित ८ लाख ८९ हजार रुपैयाँ बरामद


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले काठमाडौँको ज्याठाबाट दुर्लभ वन्यजन्तुका अंगहरुको तस्करी, जुवातासमा सट्टेबाजी लगायतका अवैध कारोबारमा संलग्न रहेको आरोपमा चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले विषेश सूचनाका आधारमा सोमबार राति ज्याठा गल्लीस्थित जियाङ्यु खाजन होटलबाट अवैध सामग्रीसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा युनान प्रान्तका राहदानी नम्बर ईएन ६३१२७४२ बाहक ३१ वर्षीय झाउ पेनुचेङ, हुबे प्रान्त घर भएका राहदानी नम्बर ई ९२१०४८१० बाहक ३४ वर्षीय मा जिङविन, हेनान प्रान्त घर भएका राहदानी नम्बर इजेआई २३६०६३ बाहक ३१ वर्षीय निउ युलिआङ्ग र  जुआङगदोन्ज प्रान्त घर भएका राहदानी नम्बर इबीजेट ६०२३३९ बाहक २८ वर्षीय पेङ्ग हुई रहेका छन् ।

परिसर प्रमुख एएसएपी अशोक सिंहकाअनुसार होटेलमा जम्मा भई सम्पत्ती हारजित हुने गरी जुवातासमा सट्टाबाजी खेली/खेलाई रहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

हेरौँ भिडियो

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले संयुक्त रुपमा होटेलमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको परिसर प्रमुख एसएसपी सिंहले बताए ।

‘होटलको दोस्रो तलामा शंकास्पद गतिविधि भएको भन्ने सूचनामा आधारमा प्रहरीको टोली त्यहाँ पुग्दा अवैध रुपमा जुवाको सट्टेबाजी चलिरहेको भेटियो । चिनियाँ नागरिकले दुई वटा विद्युतीय टेबल प्रयोग गरेर मिनी क्यासिनोका रूपमा जुवा खेलिरहेका रहेछन्’, एसएसपी सिंहले भने, ‘क्यासिनोको शैलीमा चिनियाँ भाषामा माजुङ भनिने गोटी राखेर खेलिने खेलमा संलग्न भएको पाइएपछि उनीहरु चारै जनालाई पक्राउ गरिएको छ ।’

छापाका क्रममा प्रहरीले जुवातास खेल्न प्रयोग हुने ४ सय १० थान प्लाष्टिकको गोटी र नेपाली रुपैयाँ ८ लाख ८९ हजार १ सय ५५ रुपैयाँ बरामद गरेको जनाएको छ ।

प्रहरीले होटेलको अन्य ठाउँमा छापा मार्दा अवैध सट्टेबाजीका सामाग्रीका साथसाथै दुर्लभ वन्यजन्तुका अङ्ग र छाला समेत बरामद् भएको जनाएको छ ।

प्रहरीले करीव ७ फिट लामो पाटे बाघको छाला, २ थान बाघको जस्तो देखिने दाँत,  २० थान गाईको जस्तो देखिने छाला, कस्तुरीको विना २० थान, बुद्धचित्त ९ सय थान, रुद्राक्ष २० केजी समेत बरामद भएको प्रहरीले जनाएको छ ।

छापाकै क्रममा ७ थान मोबाइल, २ थान राहदानी, विभिन्न चिनिया बैंकहरुको ३५ थान एटीएम कार्ड, २ सय ५० थान भौचर (लेखिएको), ६८ थान भौचर (नलेखिएको),  २ थान खुकुरी र १ थान तरबार समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ७ : ३५ बजे

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुतेको तस्बिर सार्वजनिक

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै

सडकमा कलम बेच्ने ती बालक, जो पछि करोडौँलाई हँसाउने जोनी लिभर बने

बलिउड सिनेमा उद्योगमा जब कमेडीको चर्चा हुन्छ, सबैभन्दा पहिले सम्झिने