हुम्लाको दक्षिणी भेगमा खुल्न थाले विद्यालय « Khabarhub

हुम्लाको दक्षिणी भेगमा खुल्न थाले विद्यालय


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् ।

बिहीबारदेखि अदानचुलीभित्र रहेका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएका छन् । गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याकुरेलले जानकारी दिए ।

“हामीले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौँ”, उनले भने । कोरोनाको जोखिम नभएकाले भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेको उनको भनाइ थियो ।

लामो समयदेखि विद्यालय बन्द भएकाले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पठनपाठन कार्यलाई गाउँ कार्यपालिकाको निर्णयानुसार अगाडि बढाइएको गाउँपालिका अध्यक्ष दल फडेराले बताए । अदानचुलीमा १८ वटा सामुदायिक विद्यालय छन् ।

ताँजाकोटले यसअघि नै विद्यालय पुनः सञ्चालनमा ल्याइसकेको छ । सङ्घीय सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्नसक्ने अधिकार दिएकाले सोहीअनुसार अगाडि बढेको गाउँपालिकाले जनाएको छ ।

यद्यपि जिल्लाको माथिल्लो क्षेत्रका सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकामा रहेका विद्यालय कहिले खुल्ने हुन् भन्ने अन्योल कायमै छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ७ : ४० बजे

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।