तराईका चार जिल्लामा जसपा ठाकुर पक्षको विस्तारित बैठक « Khabarhub

तराईका चार जिल्लामा जसपा ठाकुर पक्षको विस्तारित बैठक


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगबाट आधिकारिकता गुमाएको जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले आज तराईका चार जिल्लामा विस्तारित बैठक गर्ने भएको छ।

बैठकलाई केन्द्रीय र जिल्लाका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपाका केन्द्रीय सदस्य केशब झाले जानकारी दिए। उनका अनुसार सप्तरीमा राजेन्द्र महतो, केशब झा, बृषेश चन्द्र लाल, राजिव झाले सम्बोधन गर्नेछन्।

त्यस्तै सिरहामा, अनिलकुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइनले सम्बोधन गर्नेछन्। त्यसैगरी महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी, निर्जला राउत र बारामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह, रमेश पटेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

महन्थ ठाकुरले बुधबार राति अपिल जारी गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवका कमिकमजोरी के-के छन् भन्ने कुरा जनताले थाहा पाउनुपर्छ भन्दै जनतामाझ जान लागेको सार्वजनिक गरेका थिए।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि नयाँ पार्टी गठनको तयारीस्वरुप ठाकुर पक्षले पार्टीका अगुवा कार्यकर्ताको उपस्थितिमा पार्टीको विस्तारित बैठक गर्न लागेको हो।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ९ : ३६ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार