सभापतिमा उम्मेदवारी दिन्छु : निधि « Khabarhub

सभापतिमा उम्मेदवारी दिन्छु : निधि


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् । धनुषामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ ।”

उनले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढिसकेको र तयारी शुरू गरिसकेको बताए ।

उनले क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडै टुङ्गिने र महाधिवेशनको तयारीले गति लिने जानकारी दिए ।

उनले भने, “भदौमा महाधिवेशन हुन्छ भनेर सभापति शेरबहादुर देउवाजीले पनि भनिरहनुभएको छ, क्रियाशील सदस्यतामा देखिएको विवाद समाधानका लागि छलफल शुरू भएको छ, विवाद टुङ्गिएसँगै महाधिवेशनको तयारीले गति लिन्छ, तदर्थ समिति वा विशेष अधिवेशनको कुनै आवश्यकता छैन ।”

पूर्वउपप्रधानमन्त्री निधिले सरकारको न्यूनतम साझा कार्यक्रम कार्यदलले टुङ्ग्याइसकेकाले अब चाँडै मन्त्रिपरिषद् पनि विस्तार हुने बताए । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास भइरहको हुँदा मन्त्रिपरिषद् विस्तारमा केही ढिलाइ भएको उनको भनाइ थियो ।

उनले भने, “माधव नेपाल पक्षलाई पनि सरकारमा सामेल गराउने प्रयास भइरहेको छ, पार्टी सभापति देउवाजीलाई प्रधानमन्त्री बनाउन ज–जसले सहयोग गर्नुभएको छ, उहाँहरू सबै पक्षलाई सरकारमा समावेश गराउने हाम्रो चाहना छ, त्यसैले केही ढिला भएको हो ।”

सबै दललाई सरकारमा सहभागी गराउने आफूहरुको चाहना भएको र त्यसका लागि छलफल भइरहेको उनले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  २ : ०६ बजे

ओखलढुंगाका हेडसर अझै माग्दैछन् माफी, भने : मेरो कारण सांसदज्यूको मान मदर्न हुन गयो

ओखलढुंगा-जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका

खाताबाट २० हजार झिक्न नदिएपछि बहिनीको कंकाल नै बोकेर बैंकमा पुगे वृद्ध

ओडिशा (भारत) – ओडिशा राज्यको क्योन्झर जिल्लामा सोमबार अचम्म लाग्दो

सरकारविरुद्ध सडकमा विद्यार्थी, देशभरका क्याम्पसमा विरोध चर्काउने तयारी

कीर्तिपुर– विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले

जिफन्टको निष्कर्ष : सरकारबाटै श्रमिकको अधिकार खोस्ने प्रयास भइरहेको छ

काठमाडौं- नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मे दिवस २०२६

बस्ती भत्काएको चार दिनपछि सरकारले निकाल्यो सुकुम्वासी विद्यार्थीलाई सहयोग गर्ने सूचना

काठमाडौं- कक्षा १२ को वार्षिक परीक्षा सुरू भएको दुई दिनपछि