वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी « Khabarhub

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिने तयारी गर्दै आइतबार राष्ट्रपतिको पदबाट राजीनामा दिएका छन् ।

वुसिकले अक्टोबर २५ मा हुने प्रारम्भिक संसदीय निर्वाचनमा आफ्नो दल सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) को नेतृत्व गर्न राष्ट्रपतिको पद छाडेका हुन् । उनको दोस्रो राष्ट्रपतीय कार्यकाल आगामी वर्ष मेमा सकिँदै थियो । सर्बियाको संविधानले राष्ट्रपतिलाई तेस्रो कार्यकालका लागि उम्मेदवारी दिन रोक लगाएको छ ।

सन् २०१२ देखि सत्तामा रहेको एसएनएसले विद्यार्थी नेतृत्वको विरोध आन्दोलनका बीच आगामी निर्वाचनमा चुनौती सामना गरिरहेको छ । नोभी सादमा सन् २०२४ नोभेम्बर १ मा रेल स्टेसनको छाना भत्किँदा १६ जनाको मृत्यु भएपछि विद्यार्थीले न्याय र घटनाको जिम्मेवारी निर्धारणको माग गर्दै आन्दोलन सुरु गरेका थिए । पछि आन्दोलन भ्रष्टाचार अन्त्य र कानूनको शासनको मागसहित देशव्यापी अभियानमा परिणत भएको थियो ।

राष्ट्रपतिको पदबाट राजीनामा घोषणा गर्दै वुसिकले आफूले राष्ट्रपतिको जिम्मेवारीबाट हटेको बताए। राष्ट्रपति भवनबाहिर समर्थकलाई सम्बोधन गर्दै उनले भविष्यप्रति आशावादी रहेको र नयाँ विजयको अपेक्षा गरेको बताए।

वुसिकले प्रधानमन्त्री पदमा उम्मेदवारी दिने निर्णयले विद्यार्थी आन्दोलनको सामना गरिरहेको आफ्नो पार्टीलाई निर्वाचनमा बलियो बनाउन खोजेको देखिएको छ । पछिल्लो समय उनले सरकार समर्थक सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममार्फत देशका विभिन्न भागको भ्रमण गर्दै सडक उद्‌घाटन, सहायता रकम तथा सस्तो औषधि वितरण र मतदातासँग भेटघाट गर्दै आएका थिए ।

राष्ट्रपतिको पदबाट वुसिक हटेपछि उहाँकी निकट सहयोगी तथा पूर्वप्रधानमन्त्री एना ब्रनाबिक कार्यवाहक राष्ट्रपति बन्नेछन् । उनी हाल २५० सदस्यीय संसद्को अध्यक्ष हुन्। वुसिकका अनुसार संविधानअनुसार ९० दिनभित्र प्रारम्भिक राष्ट्रपतीय निर्वाचनको पहिलो चरण सम्पन्न गर्नुपर्नेछ ।

वुसिक र उनको दलमाथि भ्रष्टाचार, सङ्गठित अपराधसँग सम्बन्ध तथा आलोचनात्मक सञ्चारमाध्यममाथि दबाब दिएको आरोप लाग्दै आएको छ । स्वतन्त्र सामाजिक अनुसन्धान ब्युरोले सार्वजनिक संस्थाको दुरुपयोग गरेको आरोपमा वुसिकविरुद्ध उजुरीसमेत दिएको छ । वुसिकले भने ती आरोप अस्वीकार गर्दै आए ।

विद्यार्थी समर्थित चुनावी सूचीमा प्राध्यापक, शिक्षक, खेलाडी तथा विभिन्न क्षेत्रका विज्ञ र अन्य व्यक्तिलाई समेटिएको छ । विद्यार्थी समूहले कानूनको शासन र भ्रष्टाचार अन्त्यको माग गर्दै देशभर अभियान सञ्चालन गरिरहेको छ । वुसिकका सहयोगी, समाजवादी पार्टी, युरोपेली सङ्घ समर्थक विपक्षी गठबन्धन तथा अन्य साना समूह पनि निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।

राजीनामा दिनुअघि वुसिकले ४९ जनालाई माफी दिएको बताए। तीमध्ये २३ जना विरोध प्रदर्शनका क्रममा मुद्दा चलाइएका व्यक्ति रहेको उनको भनाइ छ । उनले आफ्ना विरोधी तथा आलोचनात्मक सञ्चारमाध्यममाथि विदेशी प्रभावमा राज्यलाई कमजोर पार्न खोजेको आरोप लगाउँदै आएका छन्। आइतबार उनले विदेशी शक्ति तथा देशभित्रका अज्ञात व्यक्तिले निर्वाचनको रात अशान्ति फैलाउने योजना बनाएको दाबीसमेत गरे।

युरोपेली सङ्घ (इयु) को सदस्य बन्ने सर्बियाको प्रयास पनि वुसिकको नेतृत्वमा प्रभावित भएको बताइन्छ । विशेषगरी युक्रेनमा रुसको युद्धलाई लिएर रुसमाथि लगाइएका प्रतिबन्धमा सर्बिया सहभागी हुन अस्वीकार गर्दै आएको विषय इयु सदस्यताको प्रक्रियामा प्रमुख चुनौतीका रूपमा देखिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ६ : ५४ बजे

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्

निर्माण गरेको दुई वर्षमै पुल जोखिममा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित मुक्त कमैया बस्ती जोड्ने