पार्टीलाई प्रतिपक्षमा राखेर सरकारमा जान नहुने एमाले नेपाल पक्षका नेताको धारणा « Khabarhub

पार्टीलाई प्रतिपक्षमा राखेर सरकारमा जान नहुने एमाले नेपाल पक्षका नेताको धारणा


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा नेताहरूले सरकारमा सहभागिता बारे मिश्रित धारणा राखेका छन् ।

एक पक्षले सरकारमा सहभागी हुनुपर्ने बताउँदा अर्को पक्षले सरकारमा सहभागी भएर पार्टीलाई प्रतिपक्षमा राख्न नमिल्ने बताएका छन् ।

आज बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले आन्तरिक विवाद समाधान गरी पार्टी एकता गर्नुपर्ने धारणा राखेका छन् । केहीले अध्यक्ष केपी शर्मा ओलीले माफी मागे मात्रै पार्टी एकता गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय कमिटीमा सरकारको सहभागिता तथा पार्टी एकताबारे मिश्रित धारणा आएपछि अहिले फेरि स्थायी कमिटी बैठक शुरु भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ३ : २४ बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका