प्राचीन बौद्ध धर्मग्रन्थ देखाए १३ लाख ७९ हजार ठगी गर्ने दुई जना पक्राउ « Khabarhub

प्राचीन बौद्ध धर्मग्रन्थ देखाए १३ लाख ७९ हजार ठगी गर्ने दुई जना पक्राउ


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बौद्ध धर्मको प्राचीन पुरातात्विक बहुमुल्य ग्रन्थ देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पुरातात्विक बौद्ध ग्रन्थ ३ करोड ८५ लाख रुपैयाँमा बिक्री गर्ने भनी बहाना बनाएर १३ लाख ७९ हजार रुपैयाँ ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले दुई जनालाई पक्राउ गरेको हो।

धर्म ग्रन्थका नाममा प्रलोभनमा पारी नगद ठगी गर्ने समूहको खोजतलास गर्ने क्रममा नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भई काठमाडौं कलबारी बस्ने २० वर्षीय आशिष लामा तामाङ र भोजपुर रामप्रसाद गाउँपालिका–७ घर भई चाबहिल बस्ने ३० वर्षीय रजिन राईलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।

उनीहरुले साउन १४ गते उदयपुर चौदण्डिगढी नगरपालिका–८ घर भई गोकर्णेश्वर नगरपालिका–८ आरुबारी बस्ने हेम प्रकाश मगरबाट उक्त रकम ठगी गरेको महाशाखाले जनाएको छ। उनीहरुलाई अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ४ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना