‘लभ सर्कल’ ट्रेलरमा ग्ल्यामर र सस्पेन्स « Khabarhub

‘लभ सर्कल’ ट्रेलरमा ग्ल्यामर र सस्पेन्स


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्ल्यामर र सस्पेन्सलाई प्राथमिकता दिँदै फिल्म ‘लभ सर्कल’को ट्रेलर सार्वजनिक भएको छ । मि टिभीको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ओमप्रकाश अग्रवाल र रोशन पौडेलको लगानी छ ।

वसन्त निरौला निर्देशित फिल्मको ट्रेलरमा कलाकारको प्रेम, ग्ल्यामर र सस्पेन्सलाई स्थान दिइएको छ । फिल्ममा नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रवीन्द्र झा, रिस्ता बस्नेत र सुमन कोइरालाको अभिनय रहेको छ ।

फिल्ममा अंकितबाबु अधिकारीको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, विनय पौडेलको मुख्य सहायक निर्देशन, अभिमन्यु निरवीको लेखन, राजेन्द्र मोक्तानको कलर, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

आगामी साउन २९ गतेबाट डिश होम सिनेमा घर च्यानल नम्बर ५५५ मा फिल्म प्रदर्शनमा आउने छ । यससँगै सम्पूर्ण डिजिटल प्लेटफर्ममा पनि फिल्म प्रदर्शन गरिने निर्माता अग्रवालले जानकारी दिए । ट्रेलर ओएसआर डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ४ : ५० बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया