नेपाली बजारमा चेरी कार भित्रिँदै, वितरकमा एसपीजी अटोमोबाइल्स नियुक्त « Khabarhub

नेपाली बजारमा चेरी कार भित्रिँदै, वितरकमा एसपीजी अटोमोबाइल्स नियुक्त


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व चर्चित अटोमोबाइल ब्राण्ड चेरी नेपाली बजारमा भित्रिँदै छ । सो कम्पनीले नेपाली बजारको लागि अधिकारिक वितरकको रुपमा शारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्स प्रालिलाई नियुक्त गरेको छ ।

उक्त गाडी नेपालमा चाँडै नै सञ्चालनमा आउने कम्पनीले जनाएको छ । चेरी ब्राण्डको आधिकारिक बिक्रेता (एसपिजी अटोमोबाइलस प्रालि) अटोमोवाइलस व्यवसाय क्षेत्रमा लामो समयदेखिको अनुभवी कम्पनी हो । यस दुई पक्षबीचको सहकार्यले स्थानीय बजारको साथै नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।

नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुशरण गर्दै चेरी ब्राण्ड इन्टरनेशनलले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्ने जनाएको छ । हाल चेरी ब्राण्डको वार्षिक ९,००,००० कार, इन्जिन र ४,००,००० ट्रान्समिसन उत्पादन क्षमता रहेको छ। चेरी ब्राण्डले पेसेन्जर, कमर्शियल सवारीसाधन को अतिरिक्त मिनी भ्यान पनि उत्पादन गर्दछ ।

चेरी ब्रान्डका एसेम्बल र पार्टपूर्जा उत्पादन गर्ने प्लान्ट चीन लगायत विश्वका १५ देश फैलिएको छ । हाल विश्व बजारमा चेरी ब्राण्डका २० भन्दा बढी मोडलहरु बिक्रि भैइरहेको छन् भने कम्पनीले सुरक्षा,ऊर्जा बचत, र वातावरण (अनुकूलतालाई ध्यानमा राखि भविष्यमा दर्जन भन्दा बढी मोडलहरु सार्वजनिक गर्ने योजना बनाएको छ।

हालसम्म चेरी ब्राण्ड ले ८० भन्दा बढी देश र क्षेत्रहरूमा निर्यात गरेको छ। यसले १.८ मिलियन भन्दा बढी संचित निर्यात मात्रा सहित १,५०० भन्दा बढी बिक्री तथा सेवा आउटलेटहरू स्थापना गरेको कम्पनीले जनाएको छ ।

यो एक पंक्तिमा १८ वर्षसम्म चीनमा पेसेन्जर गाडीको सबैभन्दा ठूलो निर्यातकर्ता रहेको छ। सन् २०१२ मा चेरी र जगुआर ल्यान्ड रोभर मोटर्सले संयुक्त रूपमा चेरी जगुआर ल्यान्ड रोभर मोटर्स कम्पनी लिमिटेडको स्थापनामा लगानी गरेको थियो यो चीनको पहिलो सिनो-ब्रिटिश संयुक्त उद्यम अटोमोबाइल कम्पनी रहेको जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ५ : २५ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले

एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !

काठमाडौं– नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान– युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो