दोलखाको लापिलाङ पहिरोले पुर्‍याएको क्षतिबारे स्थलगत निरीक्षण | Khabarhub Khabarhub

दोलखाको लापिलाङ पहिरोले पुर्‍याएको क्षतिबारे स्थलगत निरीक्षण


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चरीकोट- दोलखाको कालिञ्चोक गाउँपालिका– ५ लापिलाङमा गएको पहिरो र त्यसले पुर्‍याएको क्षतिबारेमा वाग्मती प्रदेशका दुई मन्त्रीले आज स्थलगत निरीक्षण गरेका छन् ।

लापिलाङको रानीवन पहिरोको आज सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले स्थलगत निरीक्षण गरेका हुन् ।

लापिलाङको खहरे रानीवन संरक्षण क्षेत्रबाट गत वर्षको साउनदेखि नै पहिरो जान थालेको र उक्त पहिरोले हाल बालीनालीसहित जग्गा कटान गरी पहिरो गाउँमा पसेपछि थप जोखिम बढेको हो । गत वर्ष आएको पहिरोले नौ घर बगाएको थियो भने २२ घर पहिरोको उच्च जोखिममा रहेका थिए । गत वर्षको पहिरोलाई मध्यनजर गरी समयमा नै पहिरो रोकथाम तथा बस्तीलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न नसक्दा सोही ठाउँबाट आएको पहिरोले लापिलाङका सयौँ घर हाल उच्च जोखिममा परेका छन् ।

सयौँ रोपनी खेतीयोग्य जमिन कटान गरी बस्तीमा नै पहिरो आइपुगेको र हाल सयौँ घर उच्च जोखिमका कारण विस्थापित भई सयौँ परिवार आफन्त तथा सामुदायिक विद्यालय र पालमा बस्न बाध्य भएका गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकले बताइन् । पहिरोकै कारण केही परिवार भूमिहीन तथा घरबारविहीन बन्न पुगेको उनले बताए ।

मानवीय क्षति नभए पनि पहिरोका कारण ठूलो क्षति हुन पुगेको हो । पहिरोको निरीक्षण गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री पाण्डेले प्रदेशको यो वर्षकै ठूलो पहिरो सिन्धुपाल्चोकमा र मानवीय क्षति नभए पनि त्यसपछि लापिलाङको पहिरो भएको हुँदा प्रदेश सरकारको प्रत्यक्ष ध्यानाकर्षण भएको र स्थलगतरूपमा निरीक्षणका लागि आफूहरू पहिरो क्षेत्रमा आएको बताए ।

विस्थापित भएका परिवारलाई स्थानीय तहमार्फत तत्काल राहत सामग्री उपलब्ध गराउने काम भइरहेको र स्थायी बसोबासका लागि प्रदेश सरकारले व्यवस्थापन गरिने उनले बताए ।
पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार रु २५ हजार र पक्की घर निर्माणका लागि प्रतिपरिवार रु चार लाखका दरले रकम उपलब्ध गराइने प्रदेश सरकारको नीति रहेकाले सुरक्षित स्थान पहिचानका लागि मन्त्री पाण्डेले गाउँपालिकालाई निर्देशन दिए ।

पहिरोले जग्गा जमिन तथा घर ठूलो मात्रामा क्षति गरेको र सिङ्गो गाउँ नै पहिरोको उच्च जोखिममा रहेका कारण सुरक्षित स्थानमा सरेर बस्नका लागि सामाजिक विकासमन्त्री बस्नेतले आग्रह गरे ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १० : ५९ बजे

फोक्सोका बिरामीलाई सामाजिक सञ्जालमार्फत पाँच लाख सहयोग 

वालिङ– उपचारका लागि आर्थिक अभाव भएपछि फोक्सोका बिरामीलाई झन्डै पाँच

रविको नाममा अड्कियो हलो

काठमाडौं- सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन

मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व संकलन

भद्रपुर– मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा

सहकारी ठगी प्रकरण : माइतीघरमा नेविसंघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– सहकारी ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको नीतिगत

नयाँ बजेटमा यस्ता छन्‌ निर्माण व्यवसायीका माग र सुझाव (भिडियो)

काठमाडौं – सरकारले जेठ १५ गते ल्याउन लागेको बजेटमा निर्माण