सुदूरपश्चिम प्रदेशमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु  « Khabarhub

सुदूरपश्चिम प्रदेशमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु 


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २६ दिन यता कोरोना सङ्क्रमितको मृत्यु दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा आज दुई सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड अस्पतालमा उपचाररत डोटीको शिखर नगरपालिकाका–३का ६५ वर्षीया महिला र दिपायल सिलगढी नगरपालिकाका–१ का ३३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

अस्पतालको भेन्टिलेटरमा दुई, आइसियू (सघन उपचार कक्ष)मा पाँच, अक्सिजनको सहयोगमा छ जना र अन्य १६ सङ्क्रमित उपचाररत छन् । सो अस्पतालमा पछिल्लो २४ घण्टामा १२१ को नमूना परीक्षण गरिएकोमा २४ जनामा सङ्क्रमण देखिएको छ । अस्पतालमा आज छ जना नयाँ बिरामी भर्ना भएका छन् ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा प्रदेशभरिका जिल्लामा नमूना परीक्षण भएका ८९३ मध्ये ७३ मा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाएको छ ।

गएको जेठ महिनासम्म उच्च रहेको कोरोना भाइरसको सङ्क्रमण र मृत्यु दर असार महिना शुरु भएसँगै घटेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ८ : ४५ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी