अन्तरराष्ट्रिय युवा दिवस साताव्यापी मनाइदै « Khabarhub

अन्तरराष्ट्रिय युवा दिवस साताव्यापी मनाइदै


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय युवा परिषद्ले ‘अन्तरराष्ट्रिय युवा दिवस’ साताव्यापीरुपमा मनाउने भएको छ । ‘खाद्य प्रणालीमा रुपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइन थालिएको हो । दिवस यही साउन २८ गते (अगस्ट १२) तारिखका दिन मनाइँदै छ ।

दिवसलाई सफल पार्न युवा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह समिति र परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलको अध्यक्षतामा सचिवालय समारोह गठन गरिएको छ ।

दिगो विकासका लक्ष्य ३ ले निर्देश गरे वमोजिम स्वस्थ र समुन्नत समाज निर्माणमायुवाहरुको सहभागितासँग सम्बन्धित रहेको देखिन्छ ।यो दिवस मनाउनुको प्रमुख उद्देश्य युवाका सवालमा लगानी सहितको प्रतिवद्धतामा बृद्धि गर्नु, युवा सहभागिता र साझेदारीमा बृद्धि गर्नु र युवाहरुका बीच अन्तरसाँस्कृतिक समझदारीमा बृद्धि गर्नु भनिएको छ ।

दिवसका दिन प्रधानमन्त्री शेरवहादुर देउवाको प्रमुख आथित्यमा भव्य कार्यक्रम गर्ने भएको उनले जानकारी दिए । उनले कोरोना भाइरसका कारण यसपटक पनि भर्चुअलरुपमा दिवस मनाउन थालिएको बताए ।

परिषद्का उपाध्यक्ष ढुङ्गेलका अनुसार गत १८ गतेदेखि सप्ताहव्यापी रुपमा युवा दिवसका अवसरमा कलाकार अभिमुखिकरण भिडियो निर्माण प्रतियोगिता रक्तदान कार्यक्रम बैदेशिक रोजगार वरदान कि अभिसाप, युवा जागरण लोक दोहोरी गित प्रतियोगिता सहुलियतपूर्ण कर्जाका अवसर र चुनौती विषयक सरोकारवालाहरुका बिच अन्तरक्रिया कार्यक्रम राखिएको छ ।

यस्तै वतृत्वकला प्रतियोगिता (स्थानिय उत्पादन र खाद्य प्रणालिमा रुपान्तरण),यौनिक तथा अल्पसंख्यक समूहसंगको अन्तरक्रिया कार्यक्रम बालिका तथा किशोरीको स्वास्थ्य र संरक्षणमा युवाको भूमिकाअपांगता भएका युवाहरुको राजनीतिक सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम, युवा र उद्यमशिलता अन्तरक्रिया कार्यक्रम पनि गरिने छ ।

दिवस मनाउनका लागि ७७ जिल्ला युवा समिति र राष्ट्रिय युवा सञ्जाललाई निर्देशन दिइसकेको जानकारी दिए । जिल्लास्तरमा युवासम्बन्धी गतिविधि गरेर दिवस मनाइने गरिन्छ ।

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारीरुपमा परिषद्को अगुवाइमा २०७३ सालदेखि मनाउन थालेको हो ।

युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ मा सरकारले युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा नीति, २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगतरूपमा समावेश गरेको छ । सरकारले २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । नेपालमा कूल जनसङ्ख्याको ४०.३ प्रतिशत युवा रहेका छन् ।

भिडियो प्रतियोगिता

परिषद्को आयोजनामा वातावरणले खाद्यमा पारेको प्रभावबारे भिडियो प्रतियोगिता आयोजना गरिएको छ । ‘खाद्य प्रणालीमा रुपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने नारामा आधारित भएर नविनता र मौलिकता झल्किने छोटो भिडियो प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिता तीन मिनेटको हुनुपर्ने र कुनै समुदायको सामाजिक र अन्य कुनै आस्थामा चोट पुर्‍याउने खालको हुनु नहुने परिषद्का सदस्य गोविन्द गिरीले जानकारी दिए । भिडियोमा प्रथम हुनेलाई ५० हजार, द्धितिय हुनेलाई ४० हजार र तेस्रो हुनेलाई ३० हजार र सवभन्दा बढी हेरिने भिडियोलाई १० हजार पुरस्कार प्रदान गरिने छ । भिडियो यहि साउन २५ गतेभित्र आइसक्नुपर्ने छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ११ : २० बजे

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान