‘डाँडाको वरपीपल’मा सलोनको जुँगे गेटअप « Khabarhub

‘डाँडाको वरपीपल’मा सलोनको जुँगे गेटअप


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक शोभित बस्नेतको छायांकनरत ३१ औं निर्देशकीय फिल्म ‘डाँडाको वरपीपल’को हाल धमाधम छायांकन भइरहेको छ । निर्माण युनिट यतिबेला चित्लाङमा छायांकन गरिरहेको छ ।

निर्माण युनिटले आइतबार फिल्मको गीत ‘झुसेली जुँगा ओठ माथि’को तस्वीर सार्वजनिक गरेको छ । गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री रुबिना थापा फिचर्ड छन् । तस्वीरमा सलोनलाई जुँगे गेटअपमा देखाइएको छ ।

दसैंमा ओटीटी र थिएटरमा एकसाथ रिलिज हुने फिल्मको गत भदौ ७ बाट छायांकन सुरु भएको थियो । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहेका छन् ।

६० दिनको छायांकन सेड्युल रहेको फिल्म काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिनेछ । फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने फिल्ममा नवराज गिरीको लगानी रहेको छ । रामकाजी घिमिरेको लेखन रहने फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया÷एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज, गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ११ : ५३ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित