बाढीले बगायो विद्युत गृह « Khabarhub

बाढीले बगायो विद्युत गृह


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । आइतबार राति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघु जलविद्युत्को विद्युतगृह बगाएको हो ।

वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको पहिरो र बाढीका कारण लघु जलविद्युत् परियोजना बगाउँदा करिब रु एक करोड ५० लाख बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । उनका अनुसार दुई वर्षअघि पुनःनिर्माण गरिएको उक्त परियोजनाबाट ३७८ घरधुरीले विद्युत् सेवा उपभोग गर्दै आएका थिए ।

मध्यरातमा अविरल वर्षासँगै आएको बाढीले विद्युत्गृहको भवनलगायतका महत्वपूर्ण सामान बगाएको छ । बाढीले परियोजनाको बाँध र नहरमा समेत ठूलो क्षति पु¥याएको छ । बाढीले तटीय क्षेत्रको जमिन र बस्तीमा समेत क्षति पुर्याएको छ । लघु जलविद्युत्को विद्युतगृह बगाएपछि स्थानीय बस्ती अन्धकार बनेको र स्थानीयवासीको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको स्थानीय लुलाङ आधारभूत विद्यालयका प्रधानाध्यापक नागेन्द्र ठाकुरले जानकारी दिए ।

“यहाँ केन्द्रीय प्रसारणको पहुँच छैन, लघु जलविद्युत् बगाएपछि मोबाइल चार्ज र साँझमा बालबालिकालाई अध्ययनमा समेत समस्या हुने भएको छ”, प्रअ ठाकुरले भने । बाढीले लघु जलविद्युत्मा पुर्याएको क्षतिको अवस्थाबारे अहिले स्थानीय जनप्रतिनिधि, युवा क्लबलगायत प्रतिनिधिको टोली निरीक्षण गर्न खटिएको गाउँपालिकाले जनाएको छ ।

विसं २०७२ साउनमा जुगेपानीमा आएको पहिराले विद्यु्तगृह र नहर बगाएर बन्द भएको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना दुई वर्षअघि रु एक करोड ५२ लाखको लागतमा पुनःनिर्माण गरिएको थियो । लुलाङ, खोरीया, मेरनी र लमसुङका स्थानीयवासीले यस परियोजनाबाट लाभान्वित भएका थिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु ८५ लाख र धवलागिरि गाउँपालिकाले रु ५० लाख सहयोगमा स्थानीयवासीले जनश्रमदानसमेत गरेर यस परियोजनाको क्षमता बढाएर पुनःनिर्माण गरेका थिए । रासस

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १२ : ३४ बजे

सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि

काठमाडौं- काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका

सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले सुनसरी लगायतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान

सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी

काठमाडौं– मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी

एमालेमा यतिसम्म हुन्छ : जब गुन्डुको बैठक कक्षमा केपीसामु बेहोस भएर ढले जगन्नाथ

काठमाडौं- संघीय संसद्को चुनावबाट नराम्रोसँग धक्का व्यहोरेका दुई वाम नेकपा

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी